संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस कार्डको दुरुपयोग गर्नेलाई कारबाहीः अध्यक्ष बस्नेत

काठमाडौँ ५ भदौ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस कार्डको दुरुपयोग गरेको पाइए कुनै पनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । बुधबार काउन्सिलमा भएको विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने भन्दै त्यसको सदुपयोग हुनुपर्ने बताउनुभयो ।

डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग गरिए के हुन्छ ?’ पछिल्ला दिन प्रेस पास दुरुपयोगमा छानबिन भइरहेको जानकारी दिँदै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘मिडियाको प्रेस पास पनि त्यस्तै हो । पत्रकारिताको हितमा समर्पित गर्न पत्रकारलाई प्रेस पास दिइएको हो ।’

उहाँले सामाजिक सञ्जालमा आएका सूचना र सञ्चार माध्यमका समाचारले आम मानिसमा अन्यौलता र समस्या सिर्जना गरेकाले मिडिया साक्षरता समाजका लागि समेत आवश्यक भएको बताउनुभयो ।

‘पत्रकारलाई, सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक छ । हामीले फरक छुट्याउन सक्नुपर्छ’ उहाँले भन्नुभयो । आम सूचना अहिले जसले जहाँबाट पनि दिन सक्ने भन्दै उहाँले पत्रकारले निर्माणका कुरा, सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्न सक्नुपर्ने बताउनुभयो । काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाइ आवश्यक नियमन गर्दै आएको छ ।

उहाँले मिडिया साक्षरताका लागि राज्यले लगानी बढाउन सुझावसमेत राख्नुभयो । प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, बार्गेनिङ गर्नेलगायतलाई काउन्सिलले कार्ड खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्नेजस्ता कारबाही काउन्सिलले गर्दै आएको छ । साइवर र अन्य अपराधजन्य अभियोगमा भने काउन्सिलले अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको छ । काउन्सिल सभाहलमा भएको अभिमुखीकरणमा काउन्सिलको काम, कर्तव्य, अधिकार तथा संस्थागत संरचनाबारे वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले प्रस्तुति राख्नुभएको थियो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah