संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति

२०८०/०१/२६

प्रेस विज्ञप्ति

प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, पत्रकार आचारसंहिताबमोजिम काउन्सिलमा प्राप्त हुने उजुरी÷जनगुनासाहरूको सुनुवाइ गर्नुका साथै सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको नियमित अनुगमनसमेत गर्दै आइरहेको छ ।

नियमानुसार दर्ता÷सूचीकरण नभएका वेबपोर्टलबाट सम्प्रेषित सामग्रीका बारेमा उजुरी आएमा वा अनुगमनबाट समेत आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भएको पाइएमा त्यस्ता वेबपोर्टललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने र नेपाल प्रहरी, साइबर ब्युरोलाई बोधार्थ दिने व्यवस्था रहेको छ । त्यसैगरी नेपाल प्रहरीबाट जानकारी माग भइ आएको सन्दर्भमा सूचीकरण भएको मिडियाको हकमा ‘सूचीकृत रहेको’ र दर्ता/सूचीकरण नभएको भए ‘सूचीकरण नभएको’ भनी जानकारी गराउने गरिएको छ भने पछिल्ला केही उजुरीका सन्दर्भमा सोही बमोजिमको जानकारी मात्र उल्लेख गरी पत्राचार गरिएको छ ।

पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा काउन्सिलबाट नेपाल प्रहरीलाई पत्राचार नभएको बेहोरा प्रेस काउन्सिल नेपाल सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । साथै त्यस किसिमको भ्रममा नपर्न सम्पूर्ण सञ्चार माध्यम, आम पत्रकार र सम्वद्ध पक्षलाई यही विज्ञप्तिमार्फत् आग्रह गर्दछ ।

रामशरण बोहरा
उपप्रशासकीय अधिकृत
(सह–प्रवक्ता एवं सूचना अधिकारी)

प्रतिक्रिया :