संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलद्वारा अनलाइन अभिमुखीकरण सम्पन्न

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित र जिम्मेवार बनाउन बुधवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखिकरणमा भच्र्युुल र प्रत्यक्ष सहभागीसहित २८ नयाँ अनलाइनका सम्पादक, प्रकाशक सहभागी भए । ्

पत्रकार आचारसंहिता, विभिन्न सञ्चार निर्देशिकाबारे नयाँ अनलाइनमा आवद्ध पत्रकारलाई सूचित गराउने उद्देश्यले कार्यक्रम राखिएको हो ।
कार्यक्रमबारे बोल्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विषयवस्तु र प्रस्तुतिका कारण समाजमा को पत्रकार हो , को होइन् भन्ने अन्योल बढ्न थालेको भन्दै अनलाइन सञ्चारमाध्यम जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

अनलाइनका सङ्ख्या बढ्ने, समाचारको प्रस्तुति भने फितलो हुँदै गएको छ । पत्रकारिता भन्दा बाहिरी पृष्ठभूमि बोकेकाहरूले अनलाइन चलाउँदा समस्या झन् थपिएको छ , बस्नेतले भन्नुभयो, यी समस्या निराकरण गरी स्वच्छ र मर्यादित पत्रकारिताको विकास गर्न अभिमुखीकरण कक्षा थालिएको हो ।


बुधवारको कक्षामा विज्ञ पत्रकारका रूपमा लोकान्तर डट कमका सम्पादक विमल गौतमले आचारसंहिता केन्द्रित रही प्रस्तुति राख्ननुभएको थियो । त्यसक्रममा गौतमले अनलाइन र युट्युवलाई व्यवस्थित बनाउन काउन्सिलले चालेको कदमले सबैको ध्यानआकृष्ट गरेको बताउनुभयो ।

अनलाइनलाई मात्र होइन, युट्युवलाई पनि व्यापक कक्षा दिइनुपर्ने अवस्था छ । काउन्सिलले थप सक्रियता देखाउनुपर्छ, उहाँले भन्नुभयो ।
अभिमुखीकरणको दोस्रो सत्रका क्रममा काउन्सिल सदस्य शरद अधिकारीले विभिन्न सञ्चार निर्देशिकाहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया :