संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अनलाइनको संख्या मात्रै बढ्योः अध्यक्ष बस्नेत

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको संख्या मात्र बढेको तर विश्वसनीयता घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखिकरण कक्षा हुँदै आएको र यसलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

शुक्रबारको अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले मिडिया जगतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

अभिमुखीकरणमा विज्ञकारुपमा सहभागी वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले पत्रकारितामा विश्वसनीयता जोगाउनु अहिलेको चुनौती रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकार आचारसंहिताको पूर्णतः पालनाबाट मात्रै विश्वसनीयता कायम राखिराख्न सकिने बताउनुभयो ।

‘अनलाइनका अहिलेका प्रस्तुति हेर्दा पत्रकारितामा किन लाइसेन्सको व्यवस्था हुनु जरुरी छ भन्ने देखाएको छ’, आचार्यले भन्नुभयो,’ काउन्सिलले कम्तीमा यस्ता अभिमुखिकरण कक्षा सुरु गरेर स्वागयोग्य काम गरेको छ’ ।

शुक्रबारको कक्षामा ३४ नयाँ अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए । काउन्सिलले एक वर्ष अघिबाट अनलाइन सूचीकरणपूर्व अनिवार्य आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको थियो ।

एक वर्षमा ६ सय ७१ अनलाइनका सञ्चालक र सम्पादकले अभिमुखीकरण कक्षा लिएका छन् । शुक्रबारको २२ औँ श्रृङ्खलामा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विषयगत विज्ञकारूपमा कक्षा लिनुभएको थियो । डा. आचार्यले पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण दिनुभएको थियो भने प्रवक्ता खनालले काउन्सिलले जारी गरेका आचारसंहिताअन्तर्गतका विभिन्न सञ्चार निर्देशिकाहरुको महत्व र प्रभावकारिताबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले गर्नुभएको थियो ।

प्रतिक्रिया :