संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

छुट कागजात बुझाउनेसम्बन्धी सूचना

पत्रपत्रिका वर्गीकरणको लागि आवेदन फाराम दर्ता गराउने पत्रपत्रिकाहरूको

नामावली प्रकाशन तथा

छुट कागजात बुझाउने सम्बन्धी सूचना

( प्रकाशित मिति: २०७९/१०/११)

          आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ को लागि पत्रपत्रिका मूल्याङ्कन / वर्गीकरण आवेदन फाराम दर्ता गर्ने कार्य सम्पन्न भइसकेको छ । आ.व. २०७७/०७८ मा ८७० वटा र आ.व. २०७८/०७९ मा ९०० वटा पत्रपत्रिकाहरुले वर्गीकरण फाराम दर्ता गराएका छन् । आर्थिक वर्ष अनुसार फारम दर्ता गराएका पत्रपत्रिकाहरुको नामावली सबैको जानकारीका लागि देहायबमोजिम प्रकाशित गरिएको छ ।

          यसैगरी आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ को पत्रपत्रिका मूल्याङ्कन/वर्गीकरण लागि प्राप्त पत्रपत्रिकाको आवेदन फाराम र संलग्न कागजातहरूको अध्ययन भइरहेको छ । पत्रपत्रिकाको मूल्याङ्कन/वर्गीकरण फाराम अध्ययन गर्दा केही पत्रपत्रिकाहरुले आवश्यक कागजात बुझाएको पाइएन । पत्रपत्रिका मूल्याङ्कन/वर्गीकरण आवेदन फाराम भर्ने सूचनामा छुट कागजातहरु पेस गर्न २०७९ कात्तिक मसान्तसम्म समयसीमा तोकिएको थियो । फाराम दर्ता गराउँदा पनि बाँकी कागजातहरु २०७९ कात्तिक मसान्तभित्र पेस गर्न कबुलियत गर्ने प्रकाशकहरुले छुट कागजातहरु अझैसम्म बुझाएको देखिँदैन । यसर्थ केही पत्रपत्रिकाहरुको दुवै आर्थिक वर्षको पत्रपत्रिकाको हार्ड कपी, करचुक्ता प्रमाणपत्र, सामाजिक सुरक्षा कर दाखिला भौचर, बिल भरपाई एवं सूचनामा उल्लिखित अन्य कागजातहरुसमेत पेस गर्न बाँकी देखिएको हुनाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र छुट काजगाजतहरु पेस गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । समयमा सूचनाबमोजिमका कागजात पेस नभएमा सम्बन्धित पत्रिकाको वर्गीकरण कार्य प्रभावित हुनेछ । छुट कागजातहरु इमेलमा पनि पठाउन सकिने छ ।

इमेल: presscouncilabcnepal@gmail.com

रहमतुल्ला मियाँ

वितरण सम्परीक्षण अधिकृत

आ.व. २०७७/०७८ का लागी फारम दर्ता गराएका पत्रपत्रिकाहरुको नामावली

 

 

आ.व. २०७८/०७९ का लागी फारम दर्ता गराएका पत्रपत्रिकाहरुको नामावली

प्रतिक्रिया :