संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अनलाइन सूचीकरण अद्यावधिक म्याद थपबारे सूचना

अनलाइन सूचीकरण अद्यावधिक सम्बन्धमा
म्याद थप गरिएको सूचना !

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा भएको व्यवस्थाबमोजिम प्रेस काउन्सिल नेपालमा अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण हुँदै आइरहेको छ । अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड–२०७८ को बुँदा नं.१० मा ‘अनलाइन सञ्चार माध्यमले हरेक वर्ष आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम पुस मसान्तसम्मको समयावधि तोकी गत मङ्सिर १८ गते सूचना जारी गरिएको थियो ।

यसबीचमा ‘कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्ने तथा आन्तरिक राजस्व कार्यालयमा कर चुक्ता लिने समय पुस मसान्तसम्म भएको र सोही आधारमा सूचना तथा प्रसारण विभागमा अद्यावधिक हुने हुँदा म्याद थप्न’ अनुरोध र गुनासाहरू समेत आएका छन् । यसै सन्दर्भमा काउन्सिलद्वारा पहिलोपटक सूचीकरण अद्यावधिक गर्ने व्यवस्था लागु भएको समेत दृष्टिगत गरी २०७९ माघ ३ गतेको काउन्सिलको निर्णयानुसार २०७९ माघ मसान्तसम्म म्याद थप गरिएको बेहोरा जानकारी गराइन्छ ।

रामशरण बोहरा
उपप्रशासकीय अधिकृत
सहप्रवक्ता एवं सूचना अधिकारी

अनलाइन सूचीकरण अद्यावधिक म्याद थपबारे सूचना

प्रतिक्रिया :