संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

लैङ्गिक संवेदनशील समाचार सङ्कलन सम्बन्धी तालिम सम्पन्न

२१ मङ्सिर, २०७९
काठमाडौँ । प्रेस काउन्सिल नेपालको आयोजना तथा युनेस्कोको सहयोगमा लैङ्गिक संवेदनशील समाचार सङ्कलनसम्बन्धी दुई दिने तालिम काठमाडाँैमा सम्पन्न भएको छ ।


कार्यक्रमको उद्घाटन सत्रमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले महिला उत्तरदायी निर्देशिका बनाइसकेको स्मरण गर्दै त्यसमा थप गर्नुपर्ने लगायतका विषयमा राय लिन तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले काउन्सिल लैङ्गिक सवालमा सधैँ गम्भीर भएर सो सम्बन्धी अनुगमन गर्दै आएको स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सर्वप्रथम लैङ्गिक संवेदनशीलता बोध भएपछि मात्र त्यसलाई व्यवहारमा उतार्न सकिने बताउनुभयो । उहाँले सबै पक्ष मिलेर मात्र लैङगिक हिंसा विरुद्घको अभियान सफल पार्न सकिने धारणा राख्नुभयो ।


काउन्सिलका सदस्य ठाकुर प्रसाद बेलवासेले सहजीकरण गर्नुभएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् फ्रिडम फोरमका कार्यकारी अध्यक्ष तारानाथ दाहाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, काउन्सिलका सदस्य दुर्गा भण्डारी पौडेलले तालिमले लैङिगिक संवेदनशील समाचार संङ्कलनमा स्पष्ट मार्गदर्शन दिन सक्ने विश्वास व्यक्त गर्दै विद्यमान लैङ्गिक निर्देशिकाको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो ।


कार्यक्रमका अन्य सत्रमा विभिन्न ५ वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । कार्यपत्र प्रस्तोताहरुमा सञ्चारिक समूहका निर्वतमान अध्यक्ष नितु पण्डित, काउन्सिलका सदस्य दुर्गा भण्डारी पौडेल, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, विज्ञ डा.समीक्षा कोइराला र प्रेस काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सहप्रवत्ता (सूचना अधिकारी) रामशरण वोहरा हुनुहुन्थ्यो ।
प्यानालिस्टको भूमिकामा महासंघका अध्यक्ष विपुल पोख्रेल, न्यूनतम पारिश्रमिक निधारित समितिका अध्यक्ष संगिता खड्का, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, काउन्सिल सदस्य ठाकुर प्रसाद बेलवासे, कान्तिपुर टि.भीका पत्रकार मणि लोहनी र पत्रकार प्रगती ढकालले निभाउनु भएको थियो ।
तालिममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो भने पुरा कार्यक्रमको ‘¥यापोटिङ्ग’ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले गर्नुभएको थियो ।
लैङगिक विषयमा कलम चलाउने ३० भन्दा बढी सक्रिय पत्रकारको सहभागिता भएको कार्यक्रममा नेपाल प्रेस डट कमका प्रत्रकार केशव भुल र रेडियो नेपालका पत्रकार बेञ्जु सुवेदीले तालिमको प्रभावकारिता र उपलब्धि सम्बन्धमा अनुभव सुनाउनुभएको थियो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah