संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिताबमोजिमको काउन्सिलको कारबाही उच्च अदालतबाट सदर

काठमाडौँ ।

उच्च अदालत पाटनले बुधबार अनलाइन मिडिया नियमनका विषयमा प्रेस काउन्सिल नेपालको पक्षमा फैसला गरेको छ । काउन्सिलले पत्रकार आचारसंहिताबमोजिम नेपाल आज डटकम अनलाइनलाई सूचीकरणबाट हटाउने गरी गरेको कारबाहीमाथि दायर रिट निवेदनको अन्तिम फैसला गर्दै उच्च अदालत पाटनले नेपाल आजको रिट नै खारेज गरिदिएको छ ।

आचारसंहिताविपरीत कार्य गरेपछि कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने काउन्सिलको निर्णयविरुद्ध नेपाल आज डटकमका सञ्चालक माधव प्रसाद गुरागाईंले रिट दायर गरेका थिए । पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अटेर गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै काउन्सिलले उक्त अनलाइनलाई सूचीकरणबाटै हटाएको थियो ।

काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै नेपाल आजले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले गत असार ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

फैसलाअघि अदालतले निर्णयका सक्कल मिसिल माग गरी अध्ययनसमेत गरेको थियो । उक्त मुद्दा बुधबार पेसी तोकिएकोमा न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासबाट रिट खारेज हुने फैसला भएको हो । यस फैसलासँगै काउन्सिललाई अनलाइन र न्यु मिडियाका लागि नियमन र अनुगमनको पाटो थप स्पष्ट भएको छ । फैसलाको पूर्णपाठ आउन केही समय लाग्ने जनाइएको छ ।

सो मुद्दामा काउन्सिलको तर्फबाट अदालतमा अधिवक्ताहरू अनन्तराज लुइँटेल, झबिन्द्र भुसाल र प्रतिभा उप्रेतिले बहस गर्नुभएको थियो ।

प्रतिक्रिया :