संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार महिलाका समस्याबारे काउन्सिल गम्भीर छः अध्यक्ष बस्नेत

काठमाडाँै । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलाको समस्याका बारेमा काउन्सिल गम्भीर रहेको बताउनुभएको छ । पत्रकारितामा सक्रिय महिलाहरूले भोग्नुपरेका पेसागत समस्या सम्बोधनका लागि पाँच बुँदे माग राख्ने क्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभएको हो ।


हुबहु, वर्गीकरणका विभिन्न समस्या, पत्रकारितामा २० वर्ष सक्रिय महिलालाई पेन्सनको व्यवस्था लगायतका माग राख्दै नवीन सन्देश मासिकका सम्पादक कल्पना शर्मा, नेपाली सरोकार मासिकका सम्पादक रमा वली र पूर्ण मासिकका सम्पादक सम्झना वनले ध्यानाकर्षण गराउनुभएको हो ।
यसै क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रलले पत्रकार महिलाका समस्या अनगिन्ती रहेकाले निरन्तर यो क्षेत्रमा लाग्नेहरूको लागि राज्यस्तरबाट विशेष व्यवस्था हुँदा राम्रो हुने  बताउनुभयो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले उहाँहरूले राखेका कतिपय मागलाई पत्रपत्रिका वितरण सम्परीक्षण समितिमा पेस गरी छलफलमा लैजाने बताउनुभयो ।
उहाँहरूले आफ्ना माग सम्बोधनका लागि आवश्यक कदम चाल्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया :