संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

गोप्य स्रोतको संरक्षणमा ध्यान दिऔँः जोशी

काठमाडौँ
प्रेस काउन्सिलका सदस्य हरिप्रसाद जोशीले पत्रकारले गोप्य स्रोतको संरक्षण गर्दै समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । पत्रकारितामा गोप्य स्रोतको दुरूपयोग बढेको भन्दै उहाँले न्याय निरूपणमा प्रभाव पार्न नहुने, पीडितलाई थप पीडा पुग्ने गरी समाचार सम्प्रेषण गर्न नहुने उल्लेख गर्नुभयो ।

अनलाइन सूचीकरणअघि प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चालक र सम्पादकलाई दिँदै आएको अभिमुखीकरण कार्यक्रममा विषय विज्ञका रूपमा रहनुभएका जोशीले सत्यताको परीक्षण गरेर मात्रै समाचार दिनुपर्ने बताउनुभयो ।

अर्का सदस्य एवं विषयविज्ञ दुर्गा भण्डारीले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानबारे जानकारी दिनुभयो ।

यस्तै अनलाइन सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकको जिज्ञासाको जवाफ काउन्सिलका आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले दिनुभयो । कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य लालबाबु शेख, मुख्य अधिकृत झबिन्द्र भुसालसहित भौतिक र जुममार्फत २७ जनाको सहभागिता थियो ।

प्रतिक्रिया :