संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नयाँ अनलाइन सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण तालिम दिएको छ । हरेक हप्ताको शुक्रबार सञ्चालन गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विषय विज्ञका रूपमा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कोइरालाले सञ्चार क्षेत्रमा सुचना प्रविधिको भरपूर प्रयोग बढेकोले यसको सही सदुपयोग गरी पत्रकारिता पेसाप्रति देखिएको अविश्वासलाई मेटाउने र व्यावसायिक पत्रकारिता गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले आफ्नो क्षमता वृद्धि गर्दै निकट भविष्यमा समाज र पत्रकारिता कस्तो हुन्छ भन्ने दूरदृष्टि राख्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले पत्रकारले आचारसंहिता विपरीत पत्रकारिता गर्छ भन्ने अवश्य पनि पत्रकारको ‘Professional death’ हुने भएकाले सदैव सचेत भएर व्यावसायिक पत्रकारिता गर्न सु्झाव दिनुभयो ।

सहभागीलाई प्रशिक्षण दिँदै प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत सुरेन्द्र मल्लले प्रेस काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरू ‘अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३, ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ र महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६’ मा उल्लेख भएका प्रावधानबारे जानकारी दिनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गर्नुभएको प्रशिक्षण कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनाल, आचारसंहिता अनुगमन महाशाखा प्रमुख उप–प्रशासकीय अधिकृत रामशरण बोहरालगायत भौतिक र भर्चुअल माध्यमबाट ३७ अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :