संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नयाँ अनलाइन सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण तालिम दिएको छ । हरेक शुक्रबार सञ्चालन हुने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विषय विज्ञका रूपमा वरिष्ठ पत्रकार कपिल काफ्लेले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा काफ्लेले पत्रकारितामा विषयवस्तुको ज्ञानको दायरा बढाउनु अपरिहार्य रहेको भन्दै ज्ञानको अभिवृद्धिका लागि यससँग सम्बन्धित नियम, कानुनलगायतको अध्ययन गर्नुपर्ने बताउनुभयो । स्वअध्ययनले पनि मानिसमा ज्ञान वृद्धि हुने हुँदा यसतर्फ पत्रकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सहभागीलाई प्रशिक्षण दिँदै प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालले सत्यतथ्य एवं सन्तुुलित समाचार सम्प्रेषण गर्नु नै पत्रकारको कर्तव्य भएकोे भन्दै पत्रकारितासँग सम्बन्धित विभिन्न निर्देशिकाको पालना गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गर्नुभएको प्रशिक्षण कार्यक्रममा आचारसंहिता अनुगमन महाशाखा प्रमुख उप–प्रशासकीय अधिकृत रामशरण बोहरालगायत एवं भौतिक र भर्चुअल माध्यमबाट ३८ जना अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :