संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिलको कानुनी सल्लाहकारमा अधिवक्ता लुईंटेल

प्रेस काउन्सिल नेपालले अधिवक्ता अनन्तराज लुईंटेललाई कानुनी सल्लाहकार नियुक्ति गरेको छ । लुईंटेल संवैधानिक मामला, देवानी तथा फौज्दारी मुद्दामा दख्खल राख्नुहुन्छ। उहाँ मिडिया सम्बद्ध कानुनमा विशेष दख्खल राख्नुहुन्छ ।

संवैधानिक कानुनमा एलएलएम र राजनीतिक शास्त्रमा एमए गरेका अधिवक्ता लुईंटेल साढे दुई दशकदेखि मिडिया र अदालतसँग सम्बन्धित गतिविधिमा गहिरो चासो राख्ने कानुन व्यवसायी मानिनुहुन्छ । उहाँले द हिमालयन टाइम्स दैनिक, राजधानी दैनिक, हिमालय टाइम्स दैनिक, प्रकाश साप्ताहिक र सौर्य साप्ताहिकमा आबद्ध भएर लामो समयदेखि मिडिया स्वतन्त्रताको पक्षमा कलम चलाउनु भएको छ ।

उहाँको सहलेखनको मिडिया विधिशास्त्र नामक पुस्तक कलेजहरूमा समेत सन्दर्भ सामाग्रीको रुपमा लिइन्छ भने मिडिया स्वतन्त्रताका विषयमा उहाँका दर्जनौ लेखहरू प्रकाशित छन् । प्रेस काउन्सिल र बार काउन्सिलका प्रकाशनहरूमा समेत उहाँका लेखहरु प्रकाशित छन् ।

हाल सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमिति सदस्य रहनुभएका अधिवक्ता लुईंटेल संवैधानिक कानुन व्यवसायी मञ्चको निवर्तमान महासचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया :