संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेत केन्यातर्फ

विश्व प्रेस काउन्सिल (World Association of Press Councils) को वार्षिक साधारण सभामा भाग लिन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत सोमबार केन्याको राजधानी नैराबीतर्फ प्रस्थान गर्नुभएको छ ।

मिडिया काउन्सिल अफ केन्या (MCK) को निमन्त्रणामा अध्यक्ष बस्नेतको टोली केन्या प्रस्थान गरेको हो । ३ दिने उक्त सभामा अध्यक्ष बस्नेतले नेपालको पत्रकारिता र आमसञ्चार माध्यमको पछिल्लो अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

टोलीमा काउन्सिल सदस्य ठाकुरप्रसाद बेलबासेसमेत हुनुहुन्छ । विश्व प्रेस काउन्सिलको बैठक यसअघि सन् २०१९ सेप्टेम्बरमा अजरबैजानको बाकूमा बसेको थियो ।

 

प्रतिक्रिया :