संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका सार्वजनिक

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ सार्वजनिक गरेको छ । काउन्सिलको सभाहलमा शुक्रबार भएको कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेत र काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले संयुक्तरूपमा निर्देशिका सार्वजनिक गर्नुभएको हो ।

अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) को दफा १५ लाई टेकेर निर्देशिका तयार पारिएको बताउनुभयो । उहाँले समाजका हरेक पक्ष र क्षेत्रप्रति पत्रकारिताजगत् जिम्मेवार हुनुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक र सम्मानपूर्ण बनाउन भूमिका खेल्न निर्देशिका जारी गरिएको प्रष्ट पार्नुभयो ।

निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन/प्रसारण गर्दा ध्यान दिनुपर्ने, विषय, शब्दावली, उखानटुक्का, ज्येष्ठ नागरिकको हेरचाह, पालनपोषण, अधिकार संरक्षण, सामाजिक संस्कार आदिका बारेमा उल्लेख गरिएको छ । सञ्चार माध्यमले ज्येष्ठ नागरिकसम्बन्धी समाचार वा सामग्री प्रकाशन/प्रसारण गर्दा समाजमा ज्येष्ठ नागरिकप्रति सकारात्मक भाव जगाउने, ज्येष्ठ नागरिकका अधिकारको संरक्षण र सुविधाबारे सुसूचित गर्नुपर्ने विषय निर्देशिकामा प्रष्ट पारिएको छ ।

सञ्चार माध्यमहरू ज्येष्ठ नागरिकको मर्यादा, समाज र राष्ट्रका लागि ज्येष्ठ नागरिकको योगदानलगायतका विषयमा गम्भीर बन्नुपर्नेमा निर्देशिकाले प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया :