संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल र स्वास्थ्य अनुसन्धान परिषदबिच छलफल

काठमाडौं,

प्रेस काउन्सिल नेपाल र स्वास्थ्य अनुसन्धान परिषदबिच आपसी सहयोग र सहकार्य हुनेबारे सोमबार प्रेस काउन्सिल नेपालमा छलफल भएको छ । छलफलमा स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवं आचारसंहिताका विषयमा स्वास्थ्यसहित विभिन्न बिटमा कलम चलाइरहेका पत्रकारहरूलाई तालिम दिने, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता र व्यावसायिक दक्षता अभिबृद्धि लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउनुभन्दा गल्ती हुनै नदिने वातावरण बनाउन पत्रकारको लागि पत्रकार आचारसंहिता बनाइएको भन्दै आचारसंहिता उल्लङ्घनका उजुरीमा फास्ट ट्रयाक विधिबाट कारबाही हुँदै आएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य अनुसन्धान परिषदका सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले पेसालाई विश्वसनीय, मर्यादित, परिस्कृत बनाउन तत्कालको लागि योजना बनाएर तालिम प्रदान गर्न सकिने जानकारी दिनुभयो ।

कार्यक्रममा काउन्सिलका सदस्यत्रय गोपाल बुढाथोकी, दीपक पाण्डे र ठाकुरप्रसाद बेलबासे, स्वास्थ्य अनुसन्धान परिषदका डा. युवराज खरेल, डा. सुमन पन्त, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस सल्लाहकार शन्तराम बिडारी तथा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालको सहभागिता थियो ।

प्रतिक्रिया :