संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

दुई अनलाइन सञ्चार माध्यम प्रेस काउन्सिलको कालोसूचीमा, ८१ उजुरी फर्छयौट

प्रेस काउन्सिल नेपालले दुईवटा अनलाइन सञ्चार माध्यमलाई कालो सूचीमा राखेको छ । काउन्सिलका प्रवक्ता वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गरेर नेपाल आज डटकम र ‘सगरमाथा खबर डटकम’लाई कालोसूचीमा राखेको जानकारी दिनुभएको छ । काउन्सिलले नेपाल आज डटकमलाई सूचना तथा प्रसारण विभागबाट उपलब्ध गराइने विज्ञापन, प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन सिफारिस गर्नेसमेत जनाएको छ । ‘काउन्सिलअन्तर्गत रहेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले सोको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई गराइ उक्त मिडियालाई उपलब्ध गराइने विज्ञापन, प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) बमोजिम सिफारिस गर्ने समेत निर्णय गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल आज डटकमका विरुद्ध पछिल्लो २ वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटकपटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न ६ उजुरी परेको काउन्सिलले जनाएको छ । ‘आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिइएपनि खण्डन प्रकाशन नगर्ने, कतिपय प्रकाशित खण्डन तोडमरोड गरेर पुनः समाचार नै बनाइ प्रकाशन गर्ने, घरीघरी सचेत÷ध्यानाकर्षण गराउँदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि नै रहेकाले कालोसूचीमा राखिएको हो’ जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त अनलाइनले गलत अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवररूपमा प्रायोजित एवम् एकपक्षीय सामग्रीहरू सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने किसिमबाट पत्रकारिताको न्युनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ‘ब्ल्याकमेलिङ’ गरी आफ्ना माग पूरा नभए विनाआधार चरित्रहत्या गर्ने गरेको भनी मौखिक एवम् लिखित गुनासाहरूसमेत आएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ । ‘उक्त अनलाइनका सम्पादकलाई छलफलमा बोलाउँदा समेत अटेर गरी उपस्थित नभएको, काउन्सिलमा नै आफैँसँग भएको छलफलको कुराकानी ‘रेकर्ड गरेको छैन’ भनी झुटा बोली अनुमतिबेगर रेकर्ड गरी सामग्री सम्प्रेषण गर्नुका साथै हुँदै नभएको विषयलाई उठाइ भ्रमपूर्ण सामग्री पटकपटक सम्प्रेण गर्दै आएको देखिएको छ’ काउन्सिलले भनेको छ, ‘उक्त अनलाइनबाट विभिन्न विषयमा पटकपटक संदिग्ध समाचार तथा समाचार सामग्री सम्प्रेषण गरिएको विषयमा काउन्सिलको स्वअनुगमन र विभिन्न व्यक्तिबाट उजुरी परेपछि काउन्सिलले विशेष अनुगमन गरेको थियो ।’ अनलाइनका विषयमा अध्ययन गर्न गठित कार्यदलले समेत कालोसूचीमा राखी थप कारबाही गर्नुपर्ने निष्कर्षसहित सुझाव दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पटकपटक दिएकोे निर्देशनलाई अवज्ञा गरेकोले ‘सगरमाथा खबर डटकमलाई समेत कालोसूचीमा राखेको जनाएको छ ।

काउन्सिलमा २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी, ८ जनगुनासा दर्ता भएका छन् । जसमध्ये ८१ उजुरी र ४ जनगुनासा फर्छयौट भएको जनाइएको छ । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फर्छुयौट भएका छन् । यस्तै ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता÷सूचीकरण नभएका वेबपोर्टलहरू नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था भएको छ । दुई सञ्चार माध्यम अवज्ञाकारी सूचीमा परेका छन् ।

प्रतिक्रिया :