संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आ. व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक

प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व. २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको छ ।
आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये देहायअनुसार वर्गीकरण भएका छन् ।

क वर्ग – २१९
ख वर्ग –४७६
ग वर्ग – १३७
घ वर्ग – १५
नियमित तर हुबहु र वर्ग कायम नभएका – ३६

त्यस्तै आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये देहायअनुसार वर्गीकरण भएका छन् ।

क वर्ग – २३९
ख वर्ग – ४३१
ग वर्ग – १६३
घ वर्ग – ०
नियमित तर हुबहु र वर्ग कायम नभएका – ४५

प्रेस काउन्सिलको मिति २०७८/१०/१४ मा बसेको बोर्ड बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । साथै नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने निर्णय गरेकोले निर्णयअनुसार सम्बन्धित सबैको जानकारी गराइन्छ ।

नतिजा सम्बन्धी विस्तृत विवरण काउन्सिलको वेबसाइट र फेसबुक पेजबाट हेर्नसकिने छ ।

 

pdfआ.व. २०७५/०७६ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा

Download View

pdfआ.व. २०७६/०७७ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा

Download View

प्रतिक्रिया :