संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी काउन्सिलले दर्ता बिना सञ्चालित न्युजपोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकहरुलाई आग्रह गरेको हो ।

प्रेस काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युजपोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ । अनधिकृत रुपमा सञ्चालित ती न्युजपोर्टललाई कानुनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेत समेत गराएको छ । ती मध्य ९ वटा न्युजपोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौता पश्चात काउन्सिलमा सूचीकृत समेत भएका छन् ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा आ.व.०७८/०७९ को पहिलो ३ महिनामा ६८ वटा उजुरी दर्ता भएको उल्लेख छ । यसमा साउन र भदौ महिनामा २९/२९ र असोजमा १० वटा उजुरी परेको देखिन्छ । प्रदेशगतरुपमा अध्ययन गर्दा यस्तो उजुरी बागमती प्रदेशबाट ५४, गण्डकी प्रदेशबाट ४, लुम्बिनी र प्रदेश नं १ बाट ३/३, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशबाट २/२ तथा कर्णालीप्रदेशबाट १ वटा परेको छ ।

यस्ता उजुरीमध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यम विरुद्ध ८, टिभीविरुद्ध ३, अनलाइन टिभीविरुद्ध १, युट्युब मिडियाविरुद्ध ३ र अन्य १ रहेका छन् । विगत ३ महिनामा रेडियोविरुद्ध भने कुनै उजुरी परेको देखिदैँन । यसमध्ये २९ वटा उजुरी फछ्र्यौट भएको छ भने कारबाहीका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बाँकी (३९) उजुरी फछ्र्यौटको प्रक्रियामा रहेका छन् ।

साथै, उजुरीकर्ता र सम्बन्धित मिडियाका सञ्चालक/सम्पादक/प्रतिनिधिबिच काउन्सिलको रोहबरमा छलफलमार्फत मेलमिलाप गराउने क्रम जारी राखिएको छ । विगत ३ महिनामा ६ वटा यस्ता छलफल गराइएकोमा एउटालाई मेलमिलाप गराइएको, बाँकी ५ वटा छलफलको प्रक्रियामा रहेका छन् । मुलुकभरका सञ्चारमाध्यमहरुको नियमन गर्दै आएको छ । पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै छ । त्यस्ता माध्यमबाट आएका सामग्रीबारे काउन्सिलमा उजुरी बढ्दो छ ।

प्रतिक्रिया :