संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोरोनाबाट ज्यान गुमाएका पत्रकारका परिवारलाई काउन्सिलको राहत

कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका दाङका पत्रकार दामोदर अधिकारीको परिवारलाई प्रेस काउन्सिल नेपालले राहत रकम प्रदान गरेको छ । काउन्सिलका सदस्य शरद अधिकारीले मङ्गलबार मृतक पत्रकार अधिकारीकी श्रीमती विमला ज्ञवाली अधिकारीलाई राहत रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

कोरोनाबाट ज्यान गुमाएका र आर्थिक अवस्था कमजोर रहेका पत्रकारका परिवारलाई काउन्सिलले मिडिया विकास कोषबाट जनही २५ हजारका दरले राहत  प्रदान गर्ने निणर्य भएपश्चात आज सो रकम प्रदान गरिएको हो । सदस्य अधिकारीले काउन्सिलले पत्रकारका परिवारको घाउमा मलम लगाउनका सानो सहयोग गरेकाले अन्य व्यक्ति एवं संस्थालाई सहयोगका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले अधिकारीको निधनले आफूहरूले राम्रो पत्रकार गुमाउनु परेको बताउनुभयो । काउन्सिलले रेडियो हापुरेका पूर्व स्टेशन मेनेजर लक्ष्मण बस्नेतका परिवारलाई पनि रू २५ हजार दिने निर्णय गरेको र उक्क्त रकमसमेत छिट्टै प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया :