संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि काउन्सिलको ध्यानाकर्षण

सम्झना पौडेल

कोरोना (कोभिड–१९) महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय ‘भर्चुअल’ कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम जिम्मेवारी भएको बताउनुभयो । पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उहाँले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने, स्वास्थ्य सामाग्रीमा पहुँच पुग्नुपर्ने बताउनुभयो ।

मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेसमैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोककल्याणकारी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउनभुयो । उहाँले आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने, प्रदेशस्तरीय छलफलमा उठेका विषयलाई प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोख्रेल कोारेनाका कारण पत्रपत्रिका बन्द भएको, लोककल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रमका संयोजक एवं सदस्य शरदप्रसाद अधिकारीले देश संघीयतामा गएसँगै काउन्सिलका कामकारबाही विकेन्द्रिकरण भएको बताउनुभयो । उहाँले सातवटै प्रदेशमा काउन्सिलको प्रतिनिधि भएकाले पत्रकारको समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो । सदस्य अधिकारीले काउन्सिलको प्रदेशस्तरीय कार्यालय स्थापनाको लागि छलफल भएकाले यसलाई मूर्तरूप दिन पहल हुने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कार्यक्रममा लुम्बीनि प्रदेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासङ्घका अध्यक्षको सहभागिता रहेकोउक्त कार्यक्रममा कोरोनाको कारण विज्ञापन पाउनु मुश्किल भएको, बिलहरूको भुक्तानी समयमा नभएको, पत्रिका प्रकाशनमा समस्या आएको लगायतका विषय उठाएका थिए ।

तस्बिरः विपुल पाण्डे

 

 

प्रतिक्रिया :