संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोभिड प्रभावित पत्रकारलाई काउन्सिलको सहयोग

प्रेस काउन्सिल नेपालले कोरोना (कोभिड–१९) भाइरसको दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित ९ जना पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ । प्रेस काउन्सिल, मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गते बसेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटर/आइसीयुमा उपचाररत ६ जना पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका ३ जना पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । काउन्सिलले तत्कालका लागि जनही रु. २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।

भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम (जेठ १६ गते निधन भएको) र रोल्पाका मौसम रोका मगरलाई यस्तै आइसीयुमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौँका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई सहयोग उपलब्ध गराइएको छ ।

काउन्सिलले आगामी दिनमा कोरोनाबाट अति प्रभावित र आर्थिक समस्या परेका पत्रकारलाई सहयोग तथा राहत उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार, सहयोगी सङ्घ÷संस्था र व्यक्तिसँग पहल एवं सहकार्य गर्ने जनाएको छ । काउन्सिलले अग्रभागमा रहेर खटिने पत्रकारलाई विषम परिस्थितिमा सघाउन सहकार्यका लागि इच्छुक सङ्घ÷संस्था र व्यक्तिलाई सहकार्यका लागि आग्रहसमेत गरेको छ । यसअघि कोभिड–१९ को असरबाट प्रभावित ४५ जना पत्रकारलाई लेखनवृद्धि एवं इन्टरनेट सुविधाबापत सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया :