संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

लेख उपलब्ध गराउनेसम्बन्धि सूचना

प्रेस काउन्सिल नेपाल
प्रकाशन उपसमिति

लेख उपलब्ध गराउनेसम्बन्धी सूचना

प्रेस काउन्सिल नेपालको नियमित प्रकाशन ‘संहिता’ त्रैमासिक जर्नलको ४९ औँ अङ्क पत्रकारितामा कोभिड–१९ को प्रभाव र देहायका विषयवस्तुभित्र केन्द्रित रही प्रकाशन गर्न लागिएकाले सोसम्बन्धी लेख पठाउन अनुरोध गरिन्छ । अनुसन्धानमूलक प्राज्ञिक लेखन (ब्अबमझष्अ धचष्तष्लन) तथा वरिष्ठ पत्रकारका लेख÷सामग्रीलाई विशेष प्राथमिकता दिइनेछ । विषयवस्तु हेरी प्राप्त लेख प्रकाशन गर्ने÷नगर्ने अधिकार सम्पादन समूहमा रहनेछ । पहिचान नखुलेका तथा व्यक्तिगत आरोप÷प्रत्यारोप, लाञ्छनायुक्त लेख प्रकाशन गरिने छैन । लेखहरू जेठ २५ गतेभित्र pcn2027writing@gmail.com मा पठाइसक्नुपर्नेछ । छनोट भइ प्रकाशित हुने लेखका लागि प्रेस काउन्सिल खर्च निर्देशिका–२०७५ मा तोकिएअनुसार पारिश्रमिकको व्यवस्था रहेको छ ।
तपशिल
१. कोभिड–१९ महामारीको दौरानमा पत्रकारको आर्थिक तथा सामाजिक अवस्था कस्तो छ ?
२. महामारीमा पत्रकारले जोगिएर नागरिकलाई कसरी सही सूचना उपलब्ध गराइरहेका छन् ?
३. कोभिडको समयमा गलत सूचना, अफवाह फैलाउन खोज्ने श्रोतबाट पत्रकार कसरी जोगिने ?
४. पत्रकारले कोभिड महामारीमा जनतालाई निरास बनाउने भन्दा आशा र स्वास्थ्य मापदण्डको पालना गराउन जनचेतना जगाउने खालका सामग्री कत्तिको प्रेषित गरेका छन् ?
५. पत्रकारबाट पोष्ट कोभिडप्रति आशावादी बनाउन समाग्रीहरू प्रेषित भएको छ कि छैन ?
६. फन्टलाइनमा काम गर्ने पत्रकार÷सञ्चारकर्मीलाई सरकारबाट कस्तो सहयोग प्राप्त भएको छ ?
७. आचारसंहिताको पालनासहित गरिएको पत्रकारिताले आमनागरिकले सूचनाको हकको संरक्षण हुने र चेतनाको दोहन नहुने विषय
८. फेसबुक, ट्वीटर, युट्युवलगायतका सामाजिक सञ्जालबाट आउने विचार दृष्टिकोणबाट तरङ्गित भएर गरिएको पत्रकारिताले कस्तो नतिजा ल्याउँछ ?
९. कोभिड महामारीको समयमा दिनहुँ सङ्क्रमित र शवहरूको काउनडाउन गरेका पत्रकारका लागि साइको सोसल काउन्सिलिङ कसरी गर्ने ?

सचिव

प्रतिक्रिया :