संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सदस्य–सचिव हमाललाई स्वागत

सम्झना पौडेल 

सूचना तथा प्रसारण विभागका नवनियुक्त महानिर्देशक एवं प्रेस काउन्सिल नेपालका सदस्य–सचिव गोगनबहादुर हमाललाई आज काउन्सिल सचिवालयमा स्वागत गरिएको छ ।

उहाँलाई काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष एवं काउन्सिलका सदस्य गोविन्द आचार्य र सदस्य दीपक पाण्डेले स्वागत गर्नुभएको हो ।

स्वागतकै क्रममा कार्यसफलताको शुभकामना व्यक्त गर्दै काउन्सिल र सूचना तथा प्रसारण विभागबाट प्रदान हुने सेवा सहज, सरल र शीघ्र प्रदान गर्ने, मिडियाको व्यवसायिकता र विश्वसनियता बढाउनुपर्ने, श्रमजीवी पत्रकारको हितमा थप काम गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

सो कार्यक्रममा सदस्य–सचिव हमालले सेवा प्रवाहलाई चुस्त बनाउने तथा काउन्सिल र महासङ्घसँगको सहयोगमा काम गर्ने धारणा राख्नुभएको थियो ।

स्वागतमा प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र प्रशासकीय अधिकृत राधेश्याम अधिकारीको सहभागिता थियो ।

 

 

प्रतिक्रिया :