संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

महिला उत्तरदायी सञ्चार निर्देशिका– २०७६ कर्यान्वयनमा जोड दिनुपर्ने

फागुन १२
सम्झना पौडेल

पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका– २०७६ र मिडियामा महिला सवाल विषयक छलफल काभ्रेपलाञ्चोक जिल्लाको बलथलीमा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा भएको एकदिने आवासीय कार्यक्रममा सहभागीहरुले महिला उत्तरदायी निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्नुपर्छ भन्दै ‘स्वस्थ, स्वस्छ, स्वतन्त्र, मर्यादित पत्रकारिता मैत्री प्रेस काउन्सिल नेपाल’भित्र धेरै कुरा समेटिएकाले यसको पालनातर्फ पत्रकारहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले सहभागीबाट आएको सल्लाह र सुझावलाई कार्यान्वयनको चरणमा लैजाने बताउनुभयो । महिलासम्बन्धी समाचार सम्प्रेषण गर्दा उनीहरूको पेशागत हित र अवसरलाई प्रोत्साहन एवं संरक्षण गर्न जोड दिइनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमको सहजीकरणका साथ काउन्सिलको बोर्ड सदस्य दीपक पाण्डेले निर्देशिकाले महिलाको निजी एवं सावर्जनिक क्षेत्रमा पेशागत अवस्था र अवसरको स्थिति, महिलालाई दिइएको अवसर र त्यसको अवस्था, पर्याप्तता/अपर्याप्तता, कमी, कमजोरी, सुधारका क्षेत्र र सम्भावना तथा महिलामाथि हुने व्यवहारको अवस्था समेटेको उल्लेख गर्नुभयो ।

काउन्सिलको बोर्ड सदस्य दुर्गा भण्डारीले महिला अधिकारको सम्मान, संरक्षण र सम्बोधन हुनेगरि समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार र सञ्चारमाध्यमल कुनै पनि (महिला, पुरुष, तेस्रो लिङ्गका आधारमा हुने भेदभाव, असमानता, अपहेलना, दुर्व्यवहारसम्बन्धी विषयमा सदैव सजग, सचेत भइ यस्ता भेदभावको विपक्षमा समाचार सम्प्रेषण गर्नुपर्दछ ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहिताले समेट्न नसकेको विषयलाई थप स्पष्ट पार्न महिला उत्तरदायी सञ्चार निर्देशिका बनेको बताउनुभयो ।

वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले महिला पत्रकारको हितका लागि उक्त निर्देशिका ल्याइएको बताउनुभयो । उहाँले महिला र बालबालिका हेर्ने पत्रकारको सामाजिक चिन्तन नै बदलिए यस्तो समस्यामा कमी आउने बताउनुभयो ।

उपप्रशासकीय अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहिता, उजुरी, जनगुनासो एवं काउन्सिलले गर्ने गरेको स्वअनुगमनबारे विस्तृत चर्चा गर्नुभयो । उहाँले सञ्चार माध्यमले के गर्न हुने र नहुनेबारे जानकारी दिनहुँदै पत्रकारको सामाजिक दाइत्व हुने भएकाले स्वतन्त्रता भित्रको कतब्र्य पालना गर्नसक्नु पर्ने उल्लेख गर्नुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष निर्मला आचार्यले महिला तथा बालबालिकाको विषयमा प्रहरी प्रशासनसँग पनि वृहत छलफल गर्नुपर्ने बताउनुभयो ।

सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले हरेक बर्गका निम्ति छुट्टाछुट्टै आचारसंहिता बनाउनु भन्दा पनि सबै वर्गलाई एउटै आचारसंहितामा समेट्न सके कार्यान्वयनमा समस्या नहुने धारणा राख्नु भयो ।

नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले महिला पत्रकारको पेशागत हक अधिकारका लागि महिला पत्रकारहरु सचेत हुनुपर्ने बताउनुभयो ।

काउन्सिल पूर्व सदस्य शुभेच्छ विन्दू तुलाधर, वरिष्ठ पत्रकार अमृता लम्साल, टंक पन्त, चन्द्र बानियाँ, पुनम पौडेललगायतले काउन्सिलको स्वअनुगमन अझै प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत्त महिला सम्पादक, फोटो पत्रकार, रिपोर्टर लगायतको सहभाािगता रहेको थियो ।

प्रतिक्रिया :