संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अर्घाखाँचीमा काउन्सिलको अन्तरक्रिया

अर्घाखाँची ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाको संयोजनमा २०७७ पुस ६ गते पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका कार्यवाहक अध्यक्ष गणेश खनालको सभापतित्व, प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल र प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्लाका चारै ओटा सुरक्षा निकायका प्रमूखहरू र विभिन्न सरकारी गैरसरकारी सङ्घसस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमबारे बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कोभिड –१९ को समयमा पत्रकारले गरेको कामप्रति विशेष धन्यवाद दिँदै सूचनाको हक कार्यान्वयनको विषयमा प्रशासन तयार रहेको बताउनुभयो ।

सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले पत्रकारसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न तयार रहेको बताउँदै पत्रकारले आचारसंहिताको परिधिभित्र रहेर समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिनुभयो ।

सहभागीले स्थानीय विज्ञापनको समस्या, पहुँचको भरमा हुने चलखेल, न्यूनतम पारिश्रमिक लगायतको समस्या राखेका थिए ।

प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले आचारसंहिता जागरणको महत्व, आवश्यकता र प्रभावकारिताका विषयमा प्रष्ट पार्दै काउन्सिलले जिल्ला जिल्लामा पुगेर पत्रकार र सञ्चारमाध्यमको अवस्थाबारे जानकारी लिएर पत्रकारका समस्या समाधानका लागि केही सहयोग हुने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

सहभागीको जिज्ञासाको जवाफ दिँदै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचारसंहिता पालनामा समेत ध्यान दिन आग्रह गर्नुभयो । उहाँले विभिन्न कोष स्थापना गरी पुरस्कृत गर्ने गरेको साथै आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेसण गरेमा स्वअनुगमन तथा उजुरीको आधारमा कारबाहीसमेत गर्ने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया :