संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

धादिङमा पत्रकार आचारसंहिता र कोभिड–१९ को प्रभावबारे अन्तरक्रिया सम्पन्न

धादिङ

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको संयोजनमा २०७७ पुस ५ गते पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धादिङ् शाखाका अध्यक्ष नवराज छत्कुलीको सभापतित्व, प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य र प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालको विषेश आतिथ्य रहेको थियो ।

कार्यक्रमबारे बोल्दै भुसालले आचारसंहिता जागरणको महत्व, आवश्यकता र प्रभाकारितामा प्रष्ट पार्नुभएको थियो । हाल अनलाइन मिडियाले पत्रकारिताको सिद्दान्तविपरित सञ्चालन भई पत्रकारिता क्षेत्रलाई नै गलत दिसातर्फ लग्दै समाजमा भ्रम सिर्जना गर्ने गरेकोले यस्ता नियम विपरित दर्ता नभई चलेका अनलाइन मिडियालाई दर्ता प्रक्रियामा आउन समेत आग्रह गर्नुभयो।

कोभिड–१९ ले पत्रकारिता क्षेत्रलाई समेर असर गरेकोले यसको समाधान र पत्रकारको सहयोगमा काउन्सिलले विभिन्न प्याकेजको कार्यक्रम अगाडि बढाएको पनि जानकारी दिनुभयो । सहभागीहरूले जिल्लाको न्यूनतम पारिश्रमिक, दरबन्दी कटौती, वर्गिकरण, पत्रिकाको अङ्क पुर्‍याउनु पर्ने लगायतको समस्याहरू रहेकोले यसको समाधानबारे सोच्न काउन्सिलको ध्यानाकर्षण गराएका थिए । उनीहरूले अनलाइन मिडियाले समाजमा नकारात्मक सूचना प्रवाह गरेको हुँदा यसको अनुगमन अझै ससक्त रूपमा लैजान र अनलाइको वर्गिकरणमा समेत सोच्न काउन्सिललाइ आग्रह गरेका थिए ।

जिल्ला हुलाक कार्यालय धादिङ प्रमुख इन्द्र खतिवडाले हाल जिल्ला हुलाक कार्यालयलाई प्राप्त अघिकारको सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरि सेवालाई थप सहज बनाइने बताउनु भयो । साथै दर्ता नभई सञ्चालनमा रहेका मिडियाहरूलाई कडा कारबाही समेत हर्नुपर्ने बताउनु भयो ।

सहभागीहरूको जिज्ञासा सम्बोधन गर्दै काउन्सिल सदस्य आचार्यले हामी आफैँले बनाएको पत्रकार आचारसंहिता पत्रकारको गहना भएकाले यसको पूर्णपालना गर्नुपर्ने बताउनुभयो । उहाँले नवप्रवेशीहरूलाई स्वतन्त्र र निष्पक्ष भई पत्रकारिता गर्न समेत आग्रह गर्नुभयो । आचार्यले हालको समस्या भनेको पत्रकारहरू विदेश पलायन हुनु, पत्रकारिता पेसा छाडेर अन्य पेसामा लाग्नु भएको भन्दै काउन्सिले मिडिया विकास कोषबाट केही हदसम्म पत्रकारका समस्या सम्बोधन गर्ने बताउनुभयो । पत्रकारहरूलाई काउन्सिलले उपचारखर्च, इन्टरनेट खर्च, लेखनवृत्ति लगायतको कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया :