संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

परासीमा काउन्सिलको अन्तरक्रिया सम्पन्न

काठमाडौँ २३ कार्तिक ।

कोभिड १९ को असर र पत्रकार आचारसंहिताबारे नवलपरासीमा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार परासीमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ नवलपरासीको समन्वयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य गोविन्द आचार्यले सञ्चारको विषयमा नीति बनेको भएपनि कार्यान्वयन नहुँदा सञ्चारकर्मीहरु र सञ्चारगृह मर्कामा परेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहेका आचार्यले कोरोना कहरका कारण समस्यामा परेका पत्रकारको समस्या समाधानका लागी अल्पकालीन र दिर्घकालीन योजना बनाई कार्यान्वयनमा लैजानुपर्नेमा सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । सरकारको सल्लाहकार संस्थासमेत रहेको नाताले प्रेस काउन्सिलले पटक–पटक सल्लाह सुझाव दबाब दिइरहेको उहाँको भनाई थियो ।

पछिल्लो समयमा देशभरि धेरै पत्रकार कोभिडकै कारण जागिरबाट निकालिएको बताउँदै उहाँले पत्रकारको जिविकोपार्जनका लागि तत्कालै योजना बनाई कार्यान्वयन गर्न काउन्सिलले अर्थ र सञ्चार मन्त्रालयसँग कुराकानी गरिरहेको बताउनुभयो ।

समान विज्ञापन नीति लागु गर्न आफूहरुले दबाब दिइरहेको बताउँदै उहाँले त्यस्तो हुनसके देशभरका सञ्चारमाध्यम सहजै चल्न सक्ने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका अध्यक्ष हरि शर्माले जिल्लामा कोरोना कहरका बीच महासंघले गरेका कार्य र समस्याका बारेमा जानकारी गराउनभुएको थियो । महासंघका पुर्व अध्यक्ष केशव पराजुलीले जिल्लाका सञ्चारगृहको समस्या बारे जानकारी गराउँदै काउन्सिल र नेपाल पत्रकार महासंघ महामारीको यो अवस्थामा सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका उप प्रशासकीय अधिकृत राधेश्याम अधिकारीसहित नवलपरासीका २८ जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :