संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध/जानकारी गराउनेसम्बन्धी सूचना

प्रेस काउन्सिल नेपाल
प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध/जानकारी गराउनेसम्बन्धी सूचना

काउन्सिलले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन अनुसन्धानमा सघाऊ पुराउने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएको छ ।

उक्त सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ भैरहेको छ । त्यस्ता ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने निःशुल्क प्राप्त हुन नसकेको खण्डमा स–शुल्क खरिद गरी सङ्ग्रह गर्ने अवधारणा अनुरुप खोजी गर्ने क्रममै सञ्चारसँग सम्बन्धित पुराना उपकरण ( रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर) लगायतका सामग्री रहेको भए काउन्सिलमा उपलब्ध÷जानकारी गराउन हुन हार्दिक अनुरोध गरिन्छ ।

काउन्सिलको नीतिअनुसार उपलब्ध हुने सामान सम्बन्धित व्यक्ति वा संस्थाको नाम/नामेसी सहित सङ्ग्रहालयमा राख्ने गरी निःशुल्करूपमा उपलब्ध गराउन वा सोअनुसार सम्भव नभए खण्डमा स–शुल्क खरिद गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
सहयोगको अपेक्षासहित ।

सम्पर्क
प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम तिलगङ्गा, काठमाडौँ
फोन : ४११२७९९, ४११२६७८,
इमेल : presscouncilnepal@gmail.com

प्रतिक्रिया :