संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सार्वजनिक बिदाको दिन अफिसको गाडी प्रयोग नगर्ने अध्यक्ष बुढाथोकीको घोषणा

२०७७।०६।१२
काठमाडौँ

प्रेस काउन्सिल नेपाल कर्मचारी संघले नयाँ कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई स्वागत गरेको छ ।

स्वागतको क्रममा का.वा. अध्यक्ष बुढाथोकीले आफूले सार्वजनिक बिदाको दिन र कार्यालय समयय बाहेक अफिसको गाडीको प्रयोग नगर्ने घोषणा गर्नुभयो । उहाँले परेको बेला निर्मम र लचक बन्न पछि नहट्ने र गल्ती गर्ने जो कोहीलाई कारबाही गर्न पछि नहट्ने उद्घोष गर्नुभयो । उहाँले आफ्नो जीवनमा गरेका संघर्षका अनुभव बाँड्दै हरेक ठाउँमा नेतृत्व सफल, पारदर्शी र मितव्ययी हुन सकेमा स्वतः सिस्टम राम्रो हुने स्पष्ट पार्नुभयो । का.वा. अध्यक्ष बुढाथोकीले स्वच्छ, स्वस्थ पत्रकारिताका लागि आचारसंहिताको पालना र कार्यान्वयनमा प्रतिबद्ध रहने बताउनुहुँदै आफू काउन्सिलमा हुँदा पछिसम्म सम्झनयोग्य काम गर्ने बताउनुभयो । स्वागतको क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, बोर्ड सदस्य इश्वरीप्रसाद ओझाको उपस्थिति थियो ।

कर्मचारी संघका अध्यक्ष सुरेन्द्र मल्लले काउन्सिल बोर्ड बैठकमा कर्मचारी संघको प्रतिनिधित्वको व्यवस्था हुन पटक पटक अनुरोध गरीएको बिषय स्मरण गराउँदै त्यसतर्फ पहल हुन अनुरोध गर्नुभयोे । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले करार कर्मचारीको हकमा योगदानमा आधारित कोष स्थापनाको लागि पहल भैरहेको जानकारी गराउनुभयो ।

यसअघि कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिनुभएपछि बोर्ड बैठकले विगतका नजीर, निर्णय र अभ्याससमेतको आधारमा बुढाथोकीलाई का.वा. अध्यक्ष चयन गरेको थियो ।


रिपोर्ट: सम्झना पौडेल
तस्विर: विपुल पाण्डे

प्रतिक्रिया :