संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सामाजिक सुरक्षामन्त्री प्रेस काउन्सिलमा

काठमाडौं/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव प्रेस काउन्सिल पुगी कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग भेटघाट एवं छलफल गर्नुभएको

केही मिडियाले अफवाह फैलाइएको भन्दै आवश्यक कारबाहीको लागि उहाँ आफैँ काउन्सिल पुग्नुभएको हो भेटमा मन्त्री यादवले आरोप पुष्टि गर्न नसके गैरजिम्मेवार मिडियामाथि कडा कारबाही हुनुपर्ने धारणा राख्नुभयो

पत्रकार आचारसंहितासम्बन्धी विषयमा केन्द्रित छलफलमा उजुरी, कारबाहीबारे जिज्ञासा राख्नुभएको थियो सो अवसरमा उपप्रशासकीय अधिकृत रामशरण बोहराले आचारसंहिता उल्लंघनको प्रकृति, कारबाही प्रक्रियाबारे जानकारी गराउनुभयो मन्त्री यादवको तर्फबाट उपसचिव सुरेश राउतले एक अनलाइनविरुद्ध गत भदौ २१ गते उजुरी दर्ता गराउनुभएको थियो

सो अवसरमा प्रेस काउन्सिल सदस्य खिलबहादुर भण्डारी प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल सहभागी हुनुहुन्थ्यो

 रिपोर्ट: महेन्द्रराज सिंह, २०७७ असोज २ गते शुक्रबार ।

प्रतिक्रिया :