संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अनलाइन सञ्चारमाध्यमको वर्गीकरणको मापदण्डको प्रारम्भिक मस्यौदामाथि छलफल

काठमाडौं ।

अनलाइन सञ्चारमाध्यमको मापदण्डको प्रारमिभक मस्यौदामाथि आज छलफल भएको छ । प्रेस काउन्सिलका का.वा. अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य श्री गोविन्द आचार्य, प्रेस काउन्सिलका सदस्य श्री खिलबहादुर भण्डारी, श्री चेतनाथ धमला र श्री संगीता खड्का, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव श्री संगीता ओझा, प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत श्री रामशरण बोहरा, नेपाल पत्रकार महासंघका सचिव श्री प्रकाश थापा, अनलाइन पत्रकार संघका अध्यक्ष श्री शिव सत्याल, सूचना प्रविधि विज्ञ तुरुप संग्रौलाको सहभागिता रहेको थियो ।

काउन्सिलका उप–प्रशासकीय अधिकृत एवम् न्यूमिडिया तथा डिजिटल माध्यम उपसमितिका सचिव श्री रामशरण बोहरद्वारा प्रस्तुत प्रारम्भिक मस्यौदाबारे प्रेस काउन्सिलका सदस्य एवं उपसमितिका संयोजक श्री खिलबहादुर भण्डारी र नेपाल पत्रकार महासंघका अध्यक्ष श्री गोविन्द आचार्यले अनलाइन सञ्चारमाध्यम वर्गीकरणको आवश्यकता र औचित्यका विषयमा प्रकाश पार्नुभएको थियो । काउन्सिलका का.वा. अध्यक्ष, श्री किशोर श्रेष्ठले पछिल्लो चरणमा विकसित अनलाइन सञ्चारमाध्यमको वर्गीकरण गर्न कुनै मापदण्ड र निकायसमेत स्थापना नभएकाले कानूनीरुपमा अर्को व्यवस्था नभएसम्म अनलाइन सञ्चारमाध्यमको वर्गाीकरण हुनु वाञ्छनीय देखिएकाले सरोकारवाला पक्षसँग छलफल गर्ने मूल उद्देश्य राखी यो छलफल आयोजना भएको र सुझावका लागि सहभागिहरुलाई आह्वान गर्नुभएको थियो । कार्यक्रममा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उपसचिव श्री संगीता ओझा, नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापा र अनलाइन पत्रकार संघका अध्यक्ष श्री शिव सत्याल र प्रविधि विज्ञ तुरुप संग्रौलाबाट महत्वपूर्ण सुझावहरु प्रस्तुत भएको थियो ।

मिति: २०७७ असार २४ गते

प्रतिक्रिया :