संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सैनिक प्रवक्ता प्रेस काउन्सिलमा

काठमाडौं,

नेपाली सेनाका अधिकारीहरुले प्रेस काउन्सिल नेपालको भिजिट गर्नुभएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा हालै बढुवा भई कर्णाली प्रदेशस्थीत उत्तरपश्चिम पृतना कार्यालयको पृतनापति जिम्मेवारी पाई जानेक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग विदाइ भेट गर्नुभएको छ ।

सँगसँगै सैनिक जनसम्पर्क निर्देशकको नयाँ जिम्मेवारी पाउनुभएका सन्तोषबल्लभ पौडेलसँग चिनारी भेट भएको छ । सो अवसरमा पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, काउन्सिल बोर्ड सदस्य खिलबहादुर भण्डारी, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल सहभागी हुनुहुन्थ्यो । भेटघाटमा पत्रकार आचारसंहिता र संस्थागत सहकार्यबारे विचारबिमर्श गरिएको थियो ।

दुबैजना पत्रकारिता तथा लेखकीय पृष्ठभूमि राख्ने व्यक्तित्व हुनुहुन्छ । उपरथी पाण्डे गोरखापत्रका पूर्व प्रधानसम्पादक बालमुकुन्ददेव पाण्डेका सुपुत्र हुनुहुन्छ भने अर्का शिरोमणि लेखनाथ पौडेल परिवार सदस्य हुनुहुन्छ ।

२०७७ असार २४ गते ।

प्रतिक्रिया :