संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन तयारी, पुस्तक पाण्डुलिपी कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं/बोर्ड सदस्य संगीता खड्काले आज एक कार्यक्रमबीच प्रेस काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तकको पाण्डुलिपी काउन्सिल कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । ६०० पृष्ठ लामो उक्त पाण्डुलिपीभित्र काउन्सिलको महत्वपूर्ण बोर्ड निर्णयहरु, पत्रकारितासँग सम्बन्धित कानुन, पत्रकार आचारसंहिताको इतिहास, ऐन, नियम, विनियम, संरचनाको विकास तथा विस्तार, पूर्व अध्यक्षज्यूको अनुभवसहितको अन्तर्वार्तालगायत विषयवस्तु समावेश गरिएको छ । स्वर्णजयन्ती वर्षको अवसरमा पुस्तक प्रकाशन हुन लागेको हो। काउन्सिल बोर्डको पर्याप्त अध्ययन, सुझावपछि पुस्तक प्रकाशन हुने बताइएको छ । पुस्तक तयार पार्ने जिम्मेवारीमा सदस्य संगीता खड्का र चेतनाथ धमला हुनुहुन्छ ।

रिपोर्ट : महेन्द्रराज सिंह, २०७७ जेठ ३० गते, शुक्रबार ।

प्रतिक्रिया :