संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आचारसंहिता अनुगमन थप प्रभावकारी बनाइएको

प्रेस काउन्सिलले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरिएको हो । अनुगमनको क्रममा २०७६ चैत्र १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे  स्पष्टिकरण सोध्ने, सचेत गराउने र १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने काम भएको छ भने २०७६ चैत ११ गते १ वटासँग स्पष्टिकरण मागिएको छ ।  त्यस्तै सूचीकरण तथा दर्ता नभएका ५  वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध मिलाइएको छ । कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलले दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न आग्रह गरिन्छ । 

प्रतिक्रिया :