संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालद्वारा जारी अत्यन्तै जरुरी सूचना

प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता बनाई देशभरका आम सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने राज्यको एकमात्र जिम्मेवार स्वायत्त संस्था भएको बिदितै छ । २०२७ सालमा विधिवत् स्थापित यस संस्थाले स्थापनाकालदेखि नै अनुगमन कार्यमा निरन्तरता दिँदै मर्यदित, जिम्मेवार र उत्तरदायी पत्रकारिताका लागि अहम् भूमिका खेल्दै आएको छ । काउन्सिलले आधुनिक अभिलेख राखी पछिल्लो समयमा छापा र विद्युतीय अनुगमन शाखामार्फत् उक्त कार्यलाई प्रभावकारी बनाएको छ । यसैबीच नोवेल कोरोना भाइरस -COVID-19_ का कारण विश्वमा ठूलो मानवीय क्षति भइरहेको, लाखौँमा यसको सङ्क्रमण देखिएको र अर्बाैँ मानिस सन्त्रासमा रहेको विषय आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तासहित सम्पूर्ण जनसमुदायलाई अवगत नै छ । यस्तो जटिल अवस्थामा नेपाल सरकारले निकै गम्भीर र संवेदनशील बनेर अत्यावश्यकबाहेकका सेवा केही दिन रोक्ने घोषणा गरेको छ । यति गम्भीर अवस्थामा पनि केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला, अनुमानका आधारमा लापरबाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण  हुने गरेको पाइएको छ । संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत् अफवाह फैलाइरहेको देखिन्छ । प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ । साथै, प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना, समाचार सम्प्रेषण प्रवाह गर्न आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गर्दछ । काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत उजुरी सुन्ने गर्दै आएको छ । अतः कहीँ कतैबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिनुहुन काउन्सिल आम नागरिकलाई अनुरोध गर्दछ ।   

यसैबीच आज मिति २०७६ साल चैत्र ९ गते बसेको प्रेस काउन्सिल नेपाल बोर्ड र सचिवालयको संयुक्त बैठकले नेपाललगायत विश्वमै सिर्जित यस जटिल परिस्थितिमा तत्कालका लागि काउन्सिलका निम्न सेवा स्थगनको निर्णय गरेको विषय यसै सूचनामार्फत जानकारी गराइन्छ ः–

१)     सूचीकरणका लागि निवेदन फाराम लिने कार्य

२)     पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण कार्य

३)     मिडियाको काम, कर्तव्य र अधिकारवारे सबैलाई जानकारी नै छ, तैपनि बेलाबखत हुन जाने मानवीय त्रुटिप्रति सचेत होऔ, जनस्वास्थ्यसम्बन्धी भ्रम, उत्तेजना फैलने सामग्री जिम्मेवार सञ्चारकर्मी र सञ्चारमाध्यमबाट सम्प्रेषण हुन गएको पाइएमा प्रेस काउन्सिल नेपाललाई तुरुन्तै जानकारी दिएर सहयोग गरौं ! कोरोना भाइरससम्बन्धी समाचारलगायत कुनै विषयमा तत्काल जानकारी लिन÷दिन एवं मिडियासम्बन्धी अन्य उजुरीका लागि काउन्सिलका निम्न अधिकारीलाई तुरुन्त सम्पर्क गर्नसक्नु हुनेछ ः

क)    श्री दीपक खनाल, सह–प्रशासकीय अधिकृत—सूचना अधिकारी—९८४१४८५५२९

ख)    श्री रामशरण बोहरा, उप–प्रशासकीय अधिकृत—९८५११११२७२

४)     साथै कुनै आमसञ्चारमाध्यमबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा http://complain.presscouncilnepal.gov.np मार्फत वा pcnmediamonitoring@gmail.com  मा उजुरी गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।       

 …………..

दीपक खनाल

सह–प्रशासकीय अधिकृत

(सूचना अधिकारी)

प्रतिक्रिया :