संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

विद्यार्थीसँग प्रेस काउन्सिल नेपाल

काठमाडौँ
२०७६।०९।२२

प्रेस काउन्सिल नेपालले पत्रकारिता विषय लिई दि इन्साइट भिजन कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई पत्रकार आचारसंहिता सम्बन्धमा प्रशिक्षण दिएको छ ।

प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालले समग्र पत्रकारिताको आधारनै पत्रकार आचारसंहिता भएको बताउँदै काउन्सिल, पत्रकार आचारसंहिता उजुरी र कारबाही लगायतका विषयमा आ—आफ्नो जिज्ञासा राख्न विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

उप–प्रशासकीय अधिकृत रामशरण बोहराले काउन्सिलको काम, कर्तव्य र अधिकार एवं गठन प्रक्रिया, सांगठनिक संरचना, पदाधिकारी चयन, कर्मचारी नियुक्ति जस्ता विषयमा प्रकाश पार्नुभयो ।

उहाँले हालसम्म काउन्सिलमा दर्ता भएका अनलाइन, वर्गीकरणमा परेका र नियमित रुपमा प्रकाशित पत्रपत्रिका, उजुरी, जनगुनासो, कारबाही प्रक्रियाबारे विस्तृत जानकारी दिँदै काउन्सिलले आवश्यक परेको खण्डमा दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउनेसम्मको अभ्यास गर्न थालेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालको सभाहलमा भएको उक्त अन्तक्र्रियात्मक प्रशिक्षणमा विद्यार्थीको जिज्ञासा र प्रश्नको सम्बोधन गरिएको थियो ।

विद्यार्थीको तर्फबाट सन्तोष पाण्डे, प्रविन गुरुङ, अनिश बिसुङ्के, विशाल तामाङ लगायतले जिज्ञासा राख्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा शिक्षकद्वय साङ्खे शेर्पा र सुशान्त सागर देवकोटासहित ३६ जना विद्यार्थीको सहभागिता थियो ।

रिपोर्ट : सम्झना पौडेल

प्रतिक्रिया :