संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आ.व. २०७४/७५ को पत्रपत्रिका वर्गीकरण (पुनरावलोकनसहित)को अन्तिम नतिजा सार्वजनिक

प्रेस काउन्सिल नेपालले आ.व. २०७४/७५ को पत्रपत्रिका वर्गीकरणको पुनरावलोकनसहितको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यसअघि नतिजाउपर चित्त नबुझ्नेहरूबाट आधारप्रमाणसहित पुनरावलोकनको निवेदन दिन सकिने व्यवस्थाअनुसार प्रक्रियामा सामेल भएका ३७३ पत्रपत्रिकाको हकमा पुनः अध्ययन एवं मूल्याङ्कनसहित अन्तिम नतिजा तयार गरी प्रेस काउन्सिल बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गरिसकेको र सोसँगै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

अन्तिम नतिजाअनुसार ९२४ पत्रपत्रिकामध्ये ८८७ वर्गीकरणमा परेका छन् । ‘क’ वर्गमा २३५, ‘ख’ वर्गमा ३४४, ‘ग’ वर्गमा २४६ र ‘घ’ वर्गमा ६२ छन् । त्यस्तै वर्गीकरणमा पर्नेमध्ये राष्ट्रियस्तरमा १५७, प्रदेशस्तरमा १७० र स्थानीयस्तरमा ५६० पत्रपत्रिका छन् ।

आवश्यक कागजात पेस नगर्ने ३० र हुबहु कायम नै रहेका ७ गरी ३७ पत्रपत्रिका वर्गीकरणमा समावेश छैनन् ।

पुनरावलोकनको क्रममा कतिपय पत्रपत्रिकाका सम्पादक/प्रकाशकसँग छलफल, हुबहुको प्रकृतिसहित विस्तृत अध्ययन र परीक्षणपश्चात् जिल्लाका पत्रपत्रिकाहरूको वर्ग सन्तुलन कायम गर्न हरसम्भव प्रयास गरिएको छ ।

कैफियत देखिएका कतिपय पत्रपत्रिकालाई लिखित, मौखिक र सामुहिक रूपमा सुधारको प्रतिवद्धता व्यक्त भएअनुसार सच्चिने मौका प्रदान गर्दै वर्गीकरणमा समावेश गरिएको छ । वर्गीकरणको लागि आवेदन दिने पत्रपत्रिका र वर्ग निम्नानुसार छन्:

बर्गिकरण नतिजा-२०७४-७५

प्रतिक्रिया :