संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

विद्यार्थीसँग प्रेस काउन्सिल नेपाल

काठमाडौँ,
२०७६।०९।०९

बालउद्धार माध्यामिक विद्यालयका कक्षा १२ मा आमसञ्चार विषय अध्ययनरत्त विद्यार्थीसँग पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको छलफल कार्र्यक्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालको स्थापना, गठन प्रक्रिया, काम कर्तव्य र अधिकारबारे विद्यार्थीहरुलाई जानकारी गराउनुका साथै हालसम्म दर्ता भएका आमसञ्चारमाध्यम र ती आमसञ्चारमाध्यबाट सम्प्रेषित सामग्रीका विषयमा पर्ने गरेका उजुरी, जनगुनासो एवं भर्खरै संशोधित पत्रकार आचारसंहिता, काउन्सिलमा हुँदै आएको स्वअनुगमन र स्वअनुगमनका लागि प्रयोग भइरहेका अनुगमन प्रणालीका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भयो ।

कार्यक्रममा अनुगमन अधिकृत सुरेन्द्र मल्लले छापामाध्यममा पर्ने गरेका उजुरी, जनगुनासो एवं स्वअनुगमनबारे जानकारी दिंदै छापामाध्यममा प्रकाशित सामग्रीका बारेमा पर्ने उजुरी विद्युतीय सञ्चारमाध्यममा सम्प्रेषित सामग्रीका बारेमा पर्ने उजुरी तुलनामा कमी रहेको बताउनुभयो ।

शिक्षक तथा पत्रकार नवराज चालिसेले संसोधित आचारसंहिताबारे जिज्ञासा राख्नुहुँदै सामाजिक सञ्जाल प्रयोग गर्दा के÷कस्ता कुरामा ध्यान पु¥याउनु पर्छ, रेडियो र टेलिभिजनको कार्यक्रममा आचारसंहिता उल्लङ्घन भए/नभएको वा कसैको चरित्र हत्या भएमा के/कसरी थाहा पाउन सकिन्छ भन्ने प्रश्न राख्नु भयो ।

विद्यार्थीका तर्फबाट प्रदिप खतिवडा, रामकृष्ण तामाङ र शिवम् चौधरीले उजुुरीको छिनोफानो हुने समय, मिडियालाई भएको कारबाहीको जानकारी सर्वसाधारणले पाउने प्रक्रिया, छापामाध्यमको बारेमा उजुरी कमी हुनुका कारणबारे जिज्ञासा राख्नुभएको थियो । उक्त जिज्ञासा एवं प्रश्नहरुको सम्बोधन उप–प्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो । कार्यक्रममा ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

समाचार लेखन: सम्झना पौडेल, तस्विरः विपुल पाण्डे ।

प्रतिक्रिया :