संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नवनियुक्त सदस्यहरूको स्वागत तथा छलफल

new members of abc on press council nepal

विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै पत्रपत्रिका वितरण सम्परीक्षण समिति (एबिसी) मा मनोनयन हुनुभएका सदस्यहरूलाई आज प्रेस काउन्सिल नेपालमा स्वागत गरियो ।

२०७६ बैशाख ११ गतेको मन्त्रीस्तरीय निर्णयानुसार प्रेस काउन्सिल नेपाल ऐन, २०४८ को दफा १० (२) को खण्ड (घ) बमोजिम एबिसीको सदस्यकोरूपमा लेखा परीक्षण संघ, नेपाल विज्ञापन संघ र नेपाल उद्योग बाणिज्य महासंघबाट क्रमशः राजु ढकाल, नारायणकुमार श्रेष्ठ र राजकुमार भट्टराई मनोनयन हुनुभएको हो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै आ.व. २०७४।७५ को पत्रपत्रिकाको वर्गीकरण छिटोछरितो अघि बढाउन सुझाव दिनुभयो । सदस्यहरूले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । काउन्सिल सदस्य खिलबहादुर भण्डारीले पहिलो चरणमा “क” वर्गका पत्रपत्रिकाको मूल्यांकन गर्दा स्थलगत निरीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

निमित्त मुख्य अधिकृत दीपक खनालले आ.व. २०७४।७५ मा ८६६ पत्रपत्रिकाको वर्गीकरणको लागि आवेदन परेको जानकारी गराउनुभयो ।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ को दफा १० बमोजिम गठित एबिसीको अध्यक्षमा प्रेस रजिष्ट्रार रहने, प्रेस काउन्सिल, सञ्चार मन्त्रालय, लेखापरीक्षण संघ, बिज्ञापन संघ, उद्योग बाणिज्य महासंघबाट एक/एकजना सदस्य प्रतिनिधित्व हुने व्यवस्था छ । समितिको सचिवकोरुपमा प्रेस काउन्सिलको अधिकृत रहने व्यवस्था छ ।

new members of abc on press council nepal

रिपोर्ट: महेन्द्रराज सिंह, २०७६।०१।१७ गते ।

प्रतिक्रिया :