संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मिडियाप्रतिको जनगुनासो तथा पत्रकार आचारसंहिता विषयक छलफल कार्यक्रम : नवलपुर

प्रेस काउन्सिल नेपालको आयोजनामा मिति २०७५ फागुन १ गते नवलपुर, कावासोतिमा मिडियाप्रतिको जनगुनासो सुनुवाई तथा पत्रकार आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले पत्रकार आचारसंहिताको व्यापक उल्लङघन भएको र यसले सवै क्षेत्रका मिडियाहरुलाई नै लज्जित बनाएको ले यसमा सुधार गर्नको लागी सवै तह र तप्का बाट सहयोगको अपेक्षा गरीएको भन्दै पत्रकारीता पेशा लाई अझै विश्वसनिय र मर्यादित बनाउनु पर्नेमा जोड दिनुभयो ।  त्यस्तै गरी पछिल्लो समयमा विभिन्न पत्रपत्रिका तथा अनलाइन बाट प्रकाशन वा प्रसारण गरिने समाचार सामाग्रीहरु पनि विभेद मुक्त र पुर्वाग्राहि नदेखिएकाले यसमा सवै सञ्चारमाध्यम तथा जिम्मेवार व्यक्तिहरुले समाचार लेखनमा सन्तुलन कायम गर्न समेत आग्रह गर्नुभयो ।  आफुहरुले आचारसंहिता उल्लघनको उजुरी लिने मात्रै नभई पत्रकारहरुको पेशागत सुरक्षाका सवालमा पनि काम गर्दै आएको बताए यसका साथै कार्यक्रममा उपस्थित व्यक्तिहरुले मिडिया प्रतिको गुनासो सम्वन्धमा राखिएको गुनासोहरुको विषयमा पनि प्रष्ट पार्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाई ले यस कार्यक्रमलाई सम्बोधन गर्दै संञ्चारकर्मीले आचारसंहिताई गायत्री मन्त्र संम्झेर समाचार प्रकाशन वा प्रसारण गर्न आग्रह गर्नुभयो । प्रेस काउन्सिल  नियमनकारी निकाय भएकाले गुनासो भए उजुरी गर्न आग्रह गर्नु भयो । प्रेस काउन्सिल नेपाल सवै मिडियाहरुको अभिभावक भएकाले यसले आफ्नो काम, कर्तव्य र अधिकारको ख्याल गरि सञ्चार जगतमा भएका विकृति र विसंगतिहरु निर्मुल पार्नमा विशेष भुमिका निवार्ह गर्ने कुराको जानाकारी गराउनुभयो । साथै मिडिया प्रतिको जनगुनासोलाइ सम्बोधन गर्दै उहाँले भन्नुभयो “सवै जसो सञ्चार गृह र संञ्चारकर्मीले समानुपातिक विज्ञापनको कुरा उठाइरहेकाले यसको बारेमा काउन्सिलले छलफल चलाइरहेको छ ।”

नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पत्रकारीतामा राजनीतिक क्षेत्रका विषयवस्तु हरुलाई नै मुख्य समाचारको विषय बनाई समाचार प्रकाशन वा प्रसारण गरिएकाले विकास पत्रकारीता ओझेलमा परेको बताउनु भयो । र यसका साथ साथै पछिल्लो समय सामाजिक संञ्जाल र अनलाईन पत्रिकाहरुले समेत सनसनि पुर्ण शिर्षक राखेर आम जनमानसमा भ्रम छर्ने गरि समाचार प्रकाशन वा प्रसारण गरेको हुदाँ यस्ता क्रियाकलापहरुलाई काउन्सिलले नियमन गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

त्यस्तै गरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरका अध्यक्ष होम रानाभाटले पत्रकारीता पेशा लाई थप मर्यादित र विश्वसनिय बनाउन मिडियाप्रतिको जनगुनासो तथा प्रत्रकार आचारसंहिता विषयक छलफल कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । प्रेस युनियन जिल्ला शाखा नवलपुर अध्यक्ष ले काउन्सिलमा परेको उजुरिको सम्वोधन नभएको भन्दै गुनासो व्यक्त गरे । जिल्ला शिक्षा इकाइ प्रमुख कृष्ण चन्द्र पोख्ररेलले मिडियाले वहन गर्नुपर्ने जिम्मेवारी वारे प्रकाश पार्नु भयो ।

साथै सम्पूर्ण उपस्थित उद्योग व्यवसायि, पत्रकार, नागरीक समाजका व्यक्तित्वहरु र सर्वसाधरणहरुले पत्रकारीता क्षेत्र समाजको ऐन भएकाले यसले पुर्वाग्रहि नराखि समाचार प्रकाशन वा प्रसारण गर्नुपर्ने साथै सत्य तथ्य समाचारहरुलाई मात्र आममानिसमा पुयाउनु पर्ने जस्ता कुराहरुमा  गुनासो गरेका थिए ।

 

प्रतिक्रिया :