संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपाल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण सम्पन्न ।

यस वर्षको प्रेस काउन्सिल नेपाल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबर डट कमका सम्पादक अरुण बराल पुरस्कृत भएका छन् । २०७२ सालदेखि स्थापना भएको ५ लाख राशीको उक्त पुरस्कार पत्रकार देवकोटा र बरालले जनही २ लाख ५० हजार प्राप्त गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आलोचनाहरुसँग नडराउने भन्दै सत्य के हो बुझेर लेख्नुपर्ने बताएका छन् । पत्रकारिता समयानुकुल परिवर्तित भएपनि स्वतन्त्रताको लागि चुक्न नहुने तर उपभोगको लागि मात्रै पत्रकारिता गर्ने परिपाटि मौलाएको बताए । “पुरस्कार सन्देश हो, यस्ले समाजलाई सकारात्मक सन्देश दिन उत्प्रेरित गर्छ ” – मन्त्री बाँस्कोटाले भने । उनले पत्रकार प्रतिपक्षको भुमिकामा नभई पत्रकारकै रुपमा रहनुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राम्रो व्यक्तिलाई पुरस्कृत गर्न सकेको खण्डमा मात्रै समाजमा सकारात्मक सन्देश जानेतर्फ काउन्सिल सदैव सजग र चनाखो रहेको बताए ।

कार्यक्रममा पुरस्कृत अनलाइनखबरका सम्पादक बरालले अहिले पुरस्कारको सम्मान र इज्जत घटेकाले प्रश्नविहिन पुरस्कारको लागि पुरस्कार दिने र लिनेको नियत स्वस्थ तथा तथा पुरस्कार छनोट प्रकृया निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

अर्का पुरस्कृत नयाँपत्रिका दैनिकका प्रधान सम्पादक देवकोटाले छापा माध्यममा आपूmहरु नयाँ ईतिहास रच्ने प्रयासमा रहेको र काउन्सिलको पुरस्कारले प्रेरणा दिएको बताए । उनले आफुले पाएको २ लाख ५० हजार राशिको पुरस्कार सामाजिक कार्यमा खर्चने उद्घोष गरे ।
बरिष्ठ पत्रकार भैरव रिजालले हालको पत्रकारिता शरीर नभएर स्वरुपमात्रै भएकाले जीवन भर्न सक्नुपर्नेमा पत्रकार सजग रहनुपर्ने सुझाए ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्ण बहादुर कार्कीले नेपाली पत्रकारिता विकासको लागि प्रोत्साहन स्वरुप पुरस्कार स्थापना गरिएको जानकारी गराए ।
यसअघि काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनोट समितिको बैठकले पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो । कार्यक्रममा सञ्चारक्षेत्रका अग्रज पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah