संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपाल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण सम्पन्न ।

यस वर्षको प्रेस काउन्सिल नेपाल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबर डट कमका सम्पादक अरुण बराल पुरस्कृत भएका छन् । २०७२ सालदेखि स्थापना भएको ५ लाख राशीको उक्त पुरस्कार पत्रकार देवकोटा र बरालले जनही २ लाख ५० हजार प्राप्त गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आलोचनाहरुसँग नडराउने भन्दै सत्य के हो बुझेर लेख्नुपर्ने बताएका छन् । पत्रकारिता समयानुकुल परिवर्तित भएपनि स्वतन्त्रताको लागि चुक्न नहुने तर उपभोगको लागि मात्रै पत्रकारिता गर्ने परिपाटि मौलाएको बताए । “पुरस्कार सन्देश हो, यस्ले समाजलाई सकारात्मक सन्देश दिन उत्प्रेरित गर्छ ” – मन्त्री बाँस्कोटाले भने । उनले पत्रकार प्रतिपक्षको भुमिकामा नभई पत्रकारकै रुपमा रहनुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राम्रो व्यक्तिलाई पुरस्कृत गर्न सकेको खण्डमा मात्रै समाजमा सकारात्मक सन्देश जानेतर्फ काउन्सिल सदैव सजग र चनाखो रहेको बताए ।

कार्यक्रममा पुरस्कृत अनलाइनखबरका सम्पादक बरालले अहिले पुरस्कारको सम्मान र इज्जत घटेकाले प्रश्नविहिन पुरस्कारको लागि पुरस्कार दिने र लिनेको नियत स्वस्थ तथा तथा पुरस्कार छनोट प्रकृया निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

अर्का पुरस्कृत नयाँपत्रिका दैनिकका प्रधान सम्पादक देवकोटाले छापा माध्यममा आपूmहरु नयाँ ईतिहास रच्ने प्रयासमा रहेको र काउन्सिलको पुरस्कारले प्रेरणा दिएको बताए । उनले आफुले पाएको २ लाख ५० हजार राशिको पुरस्कार सामाजिक कार्यमा खर्चने उद्घोष गरे ।
बरिष्ठ पत्रकार भैरव रिजालले हालको पत्रकारिता शरीर नभएर स्वरुपमात्रै भएकाले जीवन भर्न सक्नुपर्नेमा पत्रकार सजग रहनुपर्ने सुझाए ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्ण बहादुर कार्कीले नेपाली पत्रकारिता विकासको लागि प्रोत्साहन स्वरुप पुरस्कार स्थापना गरिएको जानकारी गराए ।
यसअघि काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनोट समितिको बैठकले पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो । कार्यक्रममा सञ्चारक्षेत्रका अग्रज पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया :