संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

भारत भ्रमणको प्रतिबेदन

मिति २०७५/०८/०३
भारतीय राष्ट्रिय प्रेस दिवस नोभेम्बर १६ को अबसर पारेर आयोजित कार्यक्रममा नेपाल प्रेस काउन्सिलको सहभागिता रहयो। भोलिपल्ट एक छुट्टै समरोहबिच अर्थमन्त्री अरुण जेटलीले बिभिन्न बिधाका पत्रकारलाई पुरस्कृत गर्नुका साथै नयाँ पत्रकार आचारसंहिता सम्बन्धी बिबरणयुक्त अनाबरण गर्नुभयो।
मिति २०७५/०७/३० गते शुक्रबारका दिन नयाँ दिल्लीस्थित भारतीय प्रेस परिषदको कार्यालय सूचना भवनमा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा श्रीलंका प्रेस काउन्सिल, प्रेस काउन्सिल बंगलादेश, प्रेस काउन्सिल नेपाल र भारतीय प्रेस परिषदका अध्यक्षज्यूहरु लगायत भारतीय प्रेस परिषदका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य खण्ड सम्झौतापत्रमा हस्ताक्षर थियो। यस क्रममा प्रेस काउन्सिल नेपाल र भारतीय प्रेस परिषदबीच सम्झौतापत्रको पाँचबर्षे नविकरणमा दुबै देशका अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको थियो।

श्रीलंका प्रेस काउन्सिलले भारतीय प्रेस परिषदसंग पहिलो पटक सोहीबेला छुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा भारतीय प्रेस परिषदका अध्यक्ष श्री सिके प्रसादले स्वागत मन्तब्य राख्नुभएको थियो। त्यसैगरी प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री किशोर श्रेष्ठले डिजिटल मिडियाका चुनौति र अवसर बारे मन्तब्य प्रकट गर्नुभयो। यसैक्रममा नेपाली मिडियाले प्रधानमन्त्रीको मृत्यु भनी समाचार बङ्गाएर प्रकाशन गरेको उल्लेख गर्दै यसप्रकारको चुनौती डिजिटल मिडियाले खडा गरेको उल्लेख गर्नुभयो। सार्क प्रेस काउन्सिल गठन गर्ने भनि सन २०१३ देखि शुरु गरेको अभियान अहिलेसम्म पनि पूरा हुन नसकेकोमा उहाँको आपत्ति थियो।

उहाँले करिब ४९ बर्ष अगाडीको प्रेस काउन्सिल नेपालको बोर्ड माइन्युटको प्रसंग उल्लेख गर्नुभयो। त्यस समयमा राजाको बिरोध गरेबापत एउटा अखबारको दर्ता खारेज गरिएकोमा प्रेस काउन्सिल नेपालको प्रथम बोर्ड बैठकले सरकारको उक्त निर्णयलाई समर्थन गरेको थियो तर आजको काउन्सिल भिन्न छ र समानुपातिक बिज्ञापन सबैलाई समानरुपमा दिलाउन सरकारको बिरुद्द अदालत समेत गएको छ। प्रेस काउन्सिल मिडिया जगतको नियमनकारी संस्थामात्र नभई प्रेस स्वतन्त्रताको पहरेदार पनि रहेको छ – उहाँले भन्नुभयो।
त्यसैगरी श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष श्री कोग्गाला वोल्लाला बान्दुल्ला (Koggala Wellala Bandula) ज्यूले आफ्नो मुलुकमा भईरहेको संबैधानिक संकट र यस्तोअबस्थामा डिजिटल मिडियाहरुले खेल्ने भूमिकाको बारेमा उल्लेख गर्नुभयो। उहाँले नियन्त्रित मिडियाभन्दा जिम्मेवार मिडियाको बिकास गर्नुपर्ने धारणा राख्नुभएको थियो।
त्यसैगरी बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष श्री जस्टिस मोहम्मद ममताज उद्दिन अहमद (Justice Md. Mamtaz Uddin Ahmad) ले राष्ट्रमा हुने निर्वाचनका बेलामा डिजिटल मिडियाले जिम्मेवारी बहन गर्नुपर्ने कुरा बताउनुभयो। फेब्रुअरी १४ को बंगलादेशी प्रेस काउन्सिल डे कार्यक्रममा उहाँले प्रेस काउन्सिल नेपाललाई आमन्त्रण गर्नुभएको छ। उहाँले गलत समाचार र पेड न्यूजका बारेमा पनि उल्लेख गर्नुभएको थियो।

भारतीय प्रेस परिषदका अध्यक्षज्यूले कार्यक्रम समापनको घोषणा गर्दै सबैलाई धन्यबाद प्रदान गर्नुभयो।

प्रतिक्रिया :