संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति (२०७५ श्रावन देखि २०७५ आश्विन सम्मको प्रगति विवरण)

प्रेस काउन्सिल नेपालले आफ्ना कार्य प्रगतिलाई आम जानकारीका लागि प्रत्येक तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । यसैक्रममा यस आर्थिक वर्ष (२०७५/०७६) को गत साउनदेखि असोज मसान्तसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यको विवरण देहायबमोजिम रहेको छ:
– संहिता जर्नल त्रैमासिक र वार्षिक प्रतिवेदन (२०७५) प्रकाशन भएको
– आ.व. २०७२÷०७३ र ०७३÷०७४ को पत्रपत्रिका वर्गीकरण कार्य सम्पन्न भएको
– उपत्यकामा दुई र उपत्यका बाहिर (ओखलढुंगा, पर्वत, बाग्लुङ, नुवाकोट, रामेछाप र काभ्रे) मा आचारसंहिता जागरणसम्बन्धी छ वटा कार्यक्रम सम्पन्न भएको
– विद्युतीय माध्यममा परेका ३७ वटा उजुरीमध्ये ११ वटा फछ्यौट भएको र २६ वटा कारबाही प्रक्रियामा रहेको
– छापामाध्यममा परेका १४ वटा उजुरीमध्ये ४ वटा फछ्र्यौट भएको र १० वटा कारबाही प्रक्रियामा रहेको,
– पत्रकार कल्याण कोषबाट ७ जना पत्रकारलाई ८०,०००।–(असी हजार रुपियाँ) रकम औषधोपचार सहायताका लागि प्रदान गरिएको
– मिडिया विकास कोषबाट ४ वटा सञ्चारमाध्यमलाई रु. १५७९४३।– (एक लाख सत्ताउन्न हजार नौ सय त्रिचालिस रुपियाँ) सहयोग प्रदान गरिएको
– विभिन्न क्षेत्रका १९ जना पत्रकारलाई विविध विधामा काउन्सिलको ४९ औँ वार्षिकोत्सवको अवसरमा पुरस्कृत र ४ जना वरिष्ठ पत्रकारलाई सम्मान गरिएको
– विद्युतीय सञ्चारमध्यमको वर्गीकरणसम्बन्धी मापदण्डको मस्यौदा तयार गरी नेपाल पत्रकार महासंघमार्फत सम्बन्धित जिल्ला शाखा र सञ्चारसँग सम्बन्धित विभिन्न संघ÷संस्थालाई राय–सुझावका लागि पत्राचार गरिएको
– पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५ निर्माण कार्य अन्तिमचरणमा पुगेको
– विभिन्न व्यक्तिलाई अनलाइन सूचीकरण, आचारसंहितासम्बन्धी अनलाइन उजुरी प्रणाली र कारबाही प्रक्रिया, पत्रपत्रिका वर्गीकरण र दर्ता प्रक्रिया, उजूरीको अवस्था, पत्रपत्रिकाको अभिलेख आदि जस्ता विषयमा मौखिक र लिखित सूचना÷जानकारी उपलव्ध गराएको
– पत्रपत्रिका अभिलेखीकरण तथा डिजिटाइजेसन प्रणाली प्रारम्भ भई आन्तरिक रूपमा परीक्षणमा रहेको
– यसअवधिमा २०६ वटा अनलाइन माध्यमबाट सूचीकरणका लागि निवेदन पेश भएको

प्रतिक्रिया :