संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आ.व. २०७२/७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरिएको

आ.व. २०७२/७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको प्रतिवेदन पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट काउन्सिलमा पेश भएकोमा सो प्रतिवेदन अध्ययन एवं थप मूल्यांकनसमेतका आधारमा काउन्सिलले माथि उल्लेखित आर्थिक वर्षको वर्गीकरणको नतिजा स्वीकृत गरेकोले सोही अनुसार यो नतिजा सार्वजनिक गरिएको छ । नतिजा अनुसार आ.व. २०७२/०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

त्यस्तै आ.व. २०७३/७४ मा आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

उल्लेखित नतिजाउपर पुनरावलोकनको लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

पत्रपत्रिकाको नतिजा यहाँबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया :