संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस स्वतन्त्रता : अधिकार र कर्तव्यको सामञ्जस्यता विषयक छलफल कार्यक्रम सम्पन्न

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ तथा राट्रिय पत्रकारिता दिवस बैशाख २४ का सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको प्रेस स्वतन्त्रता : अधिकार र कर्तव्यको सामञ्जस्यता विषयक छलफल कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अधिकार खोज्दै गर्दा हामी जो सुकैले कर्तव्य भुल्न नहुने बताउनु भएको छ । पत्रकार आचारसहिताबारे देशव्यापी सार्वजनिक सुनुवाई कार्यक्रम गर्नेे योजना सार्वजनिक गर्दै काउन्सिल पत्रकारहरुको अभिभावक संस्था हो, गलत गर्दा अभिभावकले गलत नगर भनेर सम्झाउनु उसको दायित्वभित्र पर्दछ । अरुको बारेमा लेख्ने पत्रकारले आफूले पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ– श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि प्रेस काउन्सिल बलियो हुनुपर्ने धारणा राख्नुभयो । लेख्दा र इन्टरनेटमा केही सामग्री अपलोड गर्दा संवेदनशील हुनु जरुरी छ । पत्रकार आचारसंहिता सरोकारवाला सबैको सहमतिमा जारी भएकोले यसलाई पालना गर्नु सबैको दायित्व हो । यदि कुनै व्यक्तिले आचारसंहिता उल्लंघन गर्छ भने त्यो पत्रकार नै होइन–सचिव गुरुङको भनाई थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकोे र एउटाले गल्ती गर्दैमा सबै मिडिया जगतको खिल्ली उडाउन नहुने कुरामा जोड दिंदै यदि कुनै पत्रकारले आचारसंहिता उल्लघंन गर्छ भने महासंघको सदस्यता खारेजी गर्ने प्रावधान रहेको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले भ्रामक समाचार शीर्षक र भ्रमित तस्वीर बारे प्रस्तुति गर्नुभएको थियो । पन्तले विभिन्न सञ्चार माध्यमबाट सामाजिक सञ्जालमा आउने र पाठकहरुलाई भ्रमित पार्ने खालका समाचार, विभिन्न नायक नायिकाको नाम जोडेर अफवाह फैलाउने, नेताका चरित्र हत्या हुने समाचार सम्प्रेषण, छाडा शब्दको प्रयोग, अपराधलाई प्रश्रय हुने गरी शीर्षक तोडमोड, असम्बन्धित व्यक्तिको नाम जोडाई निजी स्वार्थको लागि समाचारको मूल मर्मलाई नै ख्याल नगरी समाचार सम्प्रेषण जस्ता पत्रकार आचारसंहिता प्रतिकूल विभिन्न तथ्यहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलको सुचिकरणमा रहेका सबै ११३४ अनलाइन इन्टरनेटमा बज्ने मुलुकभरका रेडियो, प्रमुख टेलिभिजन च्यानलको नियमित अभिलेखीकरण र अनुगमन भइरहेको बताउनुभयो । आगामी आर्थिक वर्षदेखि पत्रपत्रिकाहरुको समेत स्वअभिलेखीकरण र अनुगमन गरिने साथै यसका लागिे प्रविधि तथा दक्षजनशक्ति तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्रले प्रेस स्वतन्त्रताका नाममा कसैले पनि प्रेस स्वतन्त्रताको दुरुपयोग गर्न नहुने र पत्रकार आचारसंहिता मिच्नेलार्ई हदैसम्मको कारवाही गर्नुपर्ने धारणा राख्नुभयो । अनलाइन पत्रकार सघंका अध्यक्ष शिव सत्यालले पत्रकारिताको ‘प’ पनि थाहा नभएकाले इन्टरनेटमा केही सामग्री राख्दैमा अनलाइनले गलत गरेको भन्न नमिल्ने, अनलाईन निर्देशिका गलत बाटोबाट आएको र यसलाई सही ढगंले ल्याउनुपर्ने आचारसंहिता उलघंन गर्ने जोसुकैलाई प्रेस स्वतन्त्रताको नाममा छुट दिन नहुने, काउन्सिलले गर्ने जस्तोसुकै कारबाही आफ,ूहरुलाइृ स्वीकार्य हुने धारणा व्यक्त गर्नुभयो । बरिष्ठ पत्रकार पदमभक्त खरेलले पञ्चायतकाल राजाको समयमा मात्रै होइन अहिले लोकतन्त्रमा पनि गलत र पत्रकारिता नबुझेका व्यक्तिको हातमा मिडिया जाँदा आचारसहिंता उल्लंघनका घटना बढ्दै गएको बताउनुभयो । पत्रकार रविराज बरालले आचारसंहिता उल्लंघनका घटनामा काउन्सिलले बलियोसँग खुट्टा टेकेर उभिनु पर्ने र पत्रकार आचारसंहिताको बारेमा सर्वसाधारण मानिसमा पनि जनचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष श्री गोविन्द पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष श्री गंगाधर पराजुली, काउन्सिलका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, काउन्सिलका सदस्यहरु श्री गोविन्दप्रसाद चौलागाईं, श्री सुभेच्छाबिन्दु तुलाधर, श्री इश्वरीप्रसाद ओझा, श्री चेतनाथ धमला, सूचना विभागका महानिर्देशक एवं प्रेस काउन्सिलका सदस्य सचिव श्री बालकृष्ण घिमिरेलगायत पत्रकारितासँग सम्बन्धित विभिन्न कलेजका प्रतिनिधि, विभिन्न अनलाइनसहितका सञ्चारमाध्यमका पत्रकार तथा प्रतिनिधि, पत्रकारिता अध्ययन अनुसन्धानमा संलग्न अनुसन्धाता एवं काउन्सिलका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

रिपोर्टर : लोकराज भट्ट
मिति : २०७५।०१।२१
तस्बिर : विपुल पाण्डे

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah