संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिल र मानवअधिकार आयोगबीच छलफल

प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानवअधिकार आयोगबीच सहकार्य गर्न सकिने विषयमा आज २०७४ पुस २३ गते छलफल भएको छ । NHRC काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा सदस्यहरु गोविन्दप्रसाद चौलागाइँ, शुभेच्छाविन्दू तुलाधार, सदस्य सचिव वीरबहादुर राई र मुख्य अधिकृत झविन्द्र भुसाल सहभागि टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मा र सदस्य प्रकाश वस्तीसँग आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा भेट गरी मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा उत्कृष्ट सूचना, लेख, समाचार, सामग्री सम्प्रेषण गर्ने पत्रकार र सञ्चारमाध्यमलाई मानवअधिकार राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरी प्रदान गर्ने, पत्रकारलाई पत्रकार आचारसंहिताको पालना गर्देै मानवअधिकार मैत्री समाचार लेख्ने सम्बन्धमा तालिम प्रदान गर्ने र आयोग र काउन्सिलले गर्नसक्ने साझा विषयमा सहकार्य गरेर अघि बढने विषयमा छलफल भएको र सकरात्मक रुपमा प्रकृया अघि बढेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको समयमा समेत मिडियाहरुलाई सूचना÷विज्ञापन उपलब्ध गराउने विषयमा काउन्सिलले आयोगलाई अनुरोध गरेको र सोहीअनुसार कार्यसम्पन्न भएको विषय समेत छलफलको क्रममा उठेको थियो ।

प्रतिक्रिया :