संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आचारसंहिता उल्लङ्घनका ११३ वटा घटना

प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आमसञ्चारमाध्यममा आचारसंहिता पालनाको अवस्थाबारे २०७४, कार्तिक २६ गतेदेखि नै विशेष अनुगमन गरिरहेको छ । अनुगमनको यसैक्रममा विहीबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनुअघिसम्म विभिन्न ५४ वटा आमसञ्चारमाध्यममा आचारसंहिता उल्लङ्घनका १ सय १३ वटा घटना देखिएका छन्, जसमा २४ वटा छापामा ३४, १८ वटा रेडियोमा ३२, ७ वटा टिभीमा २७ र ५ वटा अनलाइनमा २० वटा घटना रहेका छन् ।

यी आमसञ्चारमाध्यमले राजनीतिक दल तथा उम्मेदवारका चुनावी सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, विज्ञापन प्रकाशन÷प्रसारण गर्ने, असन्तुलित समाचार सम्प्रेषण गर्ने जस्ता कार्य गरेको पाइएको हुँदा आचारसंहिताप्रतिकूलका यस्ता घटनाका सम्बन्धमा काउन्सिलद्वारा प्रत्यक्ष फोन, एसएमएस, इमेल, पत्राचार र सार्वजनिक अपीलमार्फत् पत्रकार तथा निर्वाचन आचारसंहिता पालनामा सचेत रहन ध्यानाकर्षण गराइएको छ भने कतिपय आमसञ्चारमाध्यमसँग स्पष्टीकरण सोधिएको छ ।

Notice_press council

प्रतिक्रिया :