संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तर्क्रिया सम्पन्न

काठमाडौं/ प्रेस काउन्सिल नेपालको आयोजनामा साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तर्क्रिया सम्पन्न भयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विश्वका अन्य देशका तुलनामा नेपालमा प्रेस स्वतन्त्रता धेरै, संविधानमा पनि व्यवस्था छ तथापि स्वतन्त्रता असीमित नहुने भन्दै राज्यले बनाएको कानुन र हामीले बनाएको आचारसंहिता पालना नगरे त्यहीबाट स्वतन्त्रताको उल्लघंन हुने बताउँदै विधि–कानुनको खिल्ली उडाउनु, अराजक बन्न खोज्नु पत्रकारिता होइन अराजकता हो । राजधानीबाट प्रकाशित हुने साप्ताहिक दिशानिर्देश र उपत्यका दैनिकप्रति लक्षित गर्दै उहाँले त्यसप्रकारको प्रवृतिलाई रोक्नुपर्ने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल ऐन, २०४८ अनुसार पत्रकारिताको बिषयवस्तुको अनुगमन गर्ने, उजुरीउपर सुनुवाई गर्ने र न्याय दिने निकाय भएकोले काउन्सिलका निर्णयमा मन्त्रीले रोक्न, अदालतले रोक्ने काम जायज नहुने अध्यक्ष श्रेष्ठको तर्क छ । केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले उच्च ओहोदाका व्यक्ति, सेलीब्रेटीका व्यक्तिगत बिषयमा देश तथा विदेशबाट सञ्चालित अनलाइन पोर्टलबाट सार्वजनिक बेइज्जत, लाञ्छना लगाउने गरी बिषयबस्तु प्रसारित हुने गरेको र त्यस्ता अतिरञ्जित बिषयमा कानुनबमोजिम आवश्यक cyber crime (2)छानविन गरिने गरेको भन्दै साइवर कानुन संशोधन गर्नु अत्यावश्यक रहेको बताउनुभयो । केशको प्रकृति हेरेर पत्रकारिताको दायराभित्र नवस्नेलाई आवश्यक कारवाही हुन्छ उहाँले थप्नुभयो ।

शुभदिन डटकमका अशोक अधिकारीले अनलाइनप्रति विश्वास गुम्दै गएको, यसको उचित व्यवस्थापन आवश्यक रहेको ध्यानाकर् षण गर्नुभयो । त्यस्तै अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल र पूर्व अध्यक्ष प्रवेश सुवेदीले प्रविधिले ठूलो छलाङ लगाएको र त्यो स्तरमा वहस हुनुपर्ने, अनलाइन पत्रकारिता र साइवर क्राइम फरक भएको उल्लेख गर्नुभयो । कानून व्यवसायी बावुराम अर्याल, मेरोलगानी डटकमका परमेश्वर अधिकारी, लाइट नेपाल डटकमका रतन सिंहले अनलाइन पत्रकारिता, अनुगमन र कानूनी पक्षका बारेमा धारणा राख्नु भएको थियो ।

प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले कान्छो पुस्ता अनलाइन सशक्त माध्यम भएको र यसलाई व्यवस्थित र मर्यादित गर्नका लागि राज्यले बनाएको कानुन र पत्रकार आफैंले निर्माण गरेको आचारसंहिताको अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभयो । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै अनलाइन सञ्चारमाध्यमको नियमित अभिलेख र अनुगमन भइरहेको बताउनु भएको थियो । अनुगमन अधिकृत रहमतुल्ला मियाँले सञ्चालन गरेको सो कार्यक्रममा मिडिया अनुगमनकर्ता टिकाराम सुनारले काउन्सिलको कामकारवाही सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न अनलाइनका सम्पादक, पत्रकार, कानून व्यवसायी, केन्द्रीय अनुसन्धान व्यूरोका पदाधिकारी, अनुगमनमा संलग्न काउन्सिलका कर्मचारीहरुकोसमेत उपस्थिति रहेको थियो ।

cyber crime (1)

रिपोर्ट : महेन्द्रराज सिंह, २०७४ कार्तिक २४ गते ।

प्रतिक्रिया :