संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सञ्चारमन्त्री बस्नेतद्वारा काउन्सिल अवलोकन

काठमाडौं / नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रेस काउन्सिल नेपालमा आईतबार अवलोकन भ्रमण गर्नुभएको छ । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बस्नेतले सार्वजनिक विदा तथा रातदिन नभनि काम गरेको बताउदै आफ्नै कार्यकालमा स्वायत्त, स्वतन्त्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको गठन लगायत महत्वपूर्ण कार्य यसै महिनादेखि शुरु गरिने प्रतिबद्धता जनाउनुहुदै मुलुक संघीयतामा प्रवेश गरेकोले सोहीअनुसार प्रेस जगत्को संघीय संरचनामा विकास गर्नको लागि उपर्युक्त कार्यायोजना बनाई सल्लाह, सुझाव दिई सहयोग गर्न आग्रह गर्नुभयो । मिडियालाई कसरी मर्यादित बनाउन सकिन्छ ? यस क्षेत्रको क्षमता अभिबृद्धि गर्ने, संविधानसंग बांझिएका ऐन, नियमको संशोधनलगायत मन्त्रालयबाट हुने काममा आफूले कुनै बहानाबाजी नगरी काम गर्ने बचन व्यक्त गर्नुभयो ।moic-minister

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलबाट प्रदान गरिने सेवासुविधामा कसैलाई भेदभाव नगरेको, पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन महत्वपूर्ण कामहरु पूरा भएको, स्रोतसाधनयुक्त काउन्सिलको परिकल्पना पूरा हुँदै गएको बताउनुहुँदै आगामी १६ नोभेम्बरमा सार्कस्तरीय प्रेस काउन्सिल गठनको घोषणा गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो । भोका पत्रकारमाथि कर लगाउनु उचित नहुने भन्दै समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

काउन्सिल सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिललगायत प्रेस जगत्को केन्द्रमूखि प्रणालीलाई समावेशी र संघीय ढाँचामा लैजानुपर्ने आवश्यकता औंल्याउदै गाउँगाउँमा मिडिया पुग्नुपर्ने धारणा राख्नुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलको ऐन, नियम, विनियम तथा उदेश्य, काम, कर्तव्य, कार्यक्षेत्रको जानकारी गराउदै जनशक्तिको अप्रयाप्तता, पत्रपत्रिकाको वर्गीकरण लगायतका कामले मिडियाको अनुगमनमा सोचेजस्तो नभएपनि अघिल्ला बर्षका तुलनामा उल्लेखनीय काम भएको बताउनुभयो ।

moic-minister-in-press-council

रिपोर्ट: महेन्द्रराज सिंह, २०७४ भाद्र १८ गते आइतबार ।

प्रतिक्रिया :